चक्कु प्रहार गरी हत्या गरेको खुलासा

  • साउन २९, २०८०
  • १२२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान साउन २८ गते । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या भएको घटनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका मिर्चैया–८ का ६० वर्षीय किशोरी राय कुर्मीको शव गत असार ११ गते बिहान गर्दनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिरहा प्रहरीले जनाएको छ । दुबै अभियुक्तले हत्यामा आफूहरूको संलग्नता रहेको स्वीकारेका सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । प्रहरीका अनुसार, दुबै अभियुक्त लागूऔषध सेवनकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१