नेपाल शिक्षक महासंघ बोदे बर्साईनले दिए नगरपालिका कार्यालयमा धर्ना

  • श्रावण २८, २०८०
  • ४५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह २८ श्रावण। नेपाल शिक्षक महासंघद्वारा आयोजित देशब्यापी धर्ना तथा बिरोध कार्यक्रम अन्तर्गत सप्तरीको बोदे बर्साईन नगरपालिकाका शिक्षकहरुले बोदे बर्साईन नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन । बोदे बर्साईन नगरपालिकाका नि. प्रसासकिय अधिकृत दिनेश ठाकुरलाई आफ्नो मागपत्र बुझाउदै नेपाल शिक्षक महासघ बोदे बर्साईनले शिक्षक सबै राष्ट्रका सेबक भएकाले राज्यले कुनै प्रकारको विभेद नगरिदिन आग्रह गरे । नेपाल शिक्षक संघ बोदे बर्साईनका नगर अध्यक्ष हेमकिशोर यादव , सघिय शिक्षक फोरम नगर अध्यक्ष धर्मदेव यादव , नेपाल एकीकृत शिक्षक संघका नगर अध्यक्ष कमल देव यादव , राहत शिक्षक नगर अध्यक्ष लोकेन्द्र प्रसाद यादव ,कर्मचारी परिषद नगर अध्यक्ष देव कुमार यादव र नेपाल शिक्षक संघ जिल्ला कार्य समिती सदस्य बिनय कुमार यादवको संयुक्तमा सामुदायिक बिद्यालयका शिक्षकहरुलाइ राज्यले समान व्यवहार गर्नुपर्ने बताए । शिक्षकले आफै एकजुट भयर पेसागत सुरक्षाको लागि लाग्नुपर्ने भनाइ राखे ।

शिक्षकको सेबासुबिधाको लागि राज्य जिम्मेवार हुनुपर्ने, शिक्षक राजनितिमा नलागेर आफ्नो क्षमता बढाएर एक भयर अघि बध्नुपर्ने, शिक्षक सेवा आयोगलाइ संबैधानिक बनाउनुपर्ने भनाइ राखे । भने नेपाल शिक्षक महासंघ मागप्रति यज्ञबधता जनाउदै हातेमालो गरेर आगाडी बढ्ने शिक्षक यादवको भनाइ थियो । अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खाल्को शिक्षा नीति निर्माण हुनुपर्ने बताईन् । धर्ना तथा बिरोध कार्यक्रममा बोदे बर्साईन नगरपालिका विभिन्न संघ तथा संगठनमा आवद्ध ६० जना शिक्षक सहभागी थिय । कार्यक्रम ने. शिक्षक महासंघ बोदे बर्साईन नगरपालिकाको आयोजनामा भएका थिए ।

महासंघले बिगतमा भयका महासघ र सरकारबिच भएका सम्झैता कार्यनयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१