सितोरियो कराँते जिल्लामा महतो, लहानमा मण्डल

  • साउन २८, २०८०
  • ८६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २८ साउन । नेपाल सितोरियो कराते संघ सिरहाको दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पूनः दिनेशकुमार महतोलाई आज चयन गरेका छन् । राष्ट्रिय कर्मचारी संघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार गुप्ताका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिशिष्ट अथिति कसमकुमार लामा, बिष्णु कुमार साह रहेका थिए । त्यसैगरी नेपाल पत्रकार महासँघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, मनोज यादवलगायतको उपस्थितिमा दिनेशकुमार महतोका अध्यक्षतामा १३ सदस्य जिल्ला कार्य समिति र ५ सल्लाहकार समिति गठन भएको छ ।

Open photo

समितिका उपाध्यक्षमा रामनरायण साह, उपाध्यक्ष, नरबहादुर थापा, उपाध्यक्ष, राजा मण्डल चयन भएका छन् । त्यसैगरी सचिव, बिजयकुमार यादब, कोषाध्यक्ष मधुमाला सिंह, सहसचिव, अकाश यादव चयन भएका छन् । सदस्यहरुमा मनोज पासवान, धनिलाल साह, राजकिशोर पासवान, सरोज पासवान, निरमाया आले, रिया साह चयन भएका छन् । जिल्ला समितिका सल्लाहकारमा राजेश कुमार गुप्ता, दुर्गा धामी, दिनेश्वरप्रसाद गुप्ता, कसम लामा र बिष्णु कुमार शाह रहनु भएका छन् । यसैगरी नगर भेलाले लहान नगरपालिकास्तरीय सितोरियो कराँते संघका अध्यक्ष राजु मण्डल चयन भएका छन् । उपाध्यक्षमा हरेराम शर्मा, सचिव शिवकुमार महतो, कोषाध्यक्ष रोमा राई चयन भएका छन् । लहान नगर समितिको सदस्यहरुमा राजा मण्डल, महेश मण्डल, आकाश यादव, मनोज पासमान, शुभकलाल यादव, आदर्श गुप्तालगायतका चयन भएका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१