ताजा समाचार

त्रिभुवन क्याम्पस बेलाटारिमा भवनको विषयमा विवाद

  • साउन २५, २०८०
  • ८२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/साउन २५ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर -९ स्थित त्रिभुवन क्याम्पस बेलाटारिमा भवनको विषयमा विवाद भएको छ । बेलाटारि मा.वि काे जग्गामा रहेको त्रिभुवन बहुमुखी क्याम्पसले पहिला देखि नै आफ्नो स्वामित्वमा भवन बनाई क्याम्पस काे कक्षा सञ्चालन गर्दै आईरहेकाे हाल बेलाटारि मावि ले कक्षा ११ र १२ काे पढन पाढन सरु गर्नकाे लागि कक्षा काेठाकाे अभाव भएको ले युक्त क्याम्पस काे भवनमा पढन पाढन सुुरु गर्न पाउ भनी माग राखेकाे मा युक्त भवन बेलाटारि माविलाई तत्काल दिन नसकिने क्याम्पसले भनेकाे भन्दै विवाद सुरु भएको थियाे ।

यहि साउन २४ गते बिद्यालय पक्षबाट क्याम्पस काे ताला खाेलेकाे विषय लिई दुबै पक्ष विच साेहि क्याम्पस काे सभाहलमा १२:२५ बजेकाे समयमा विद्यालय पक्षका विद्यार्थी र अभिभावक विच छलफल बाट बाहिर निस्किएका प्रतापपुर गाउँपालिका अगाडि अन्दाजि ३५० जना काे सख्यामा भेला भई नारा जुलुस गरि गाउँपालिका कार्यलय अगाडि पार्किङ गरिराखेकाे माेटरसाईकलहरु फुटाउन थालेकोमा ईलाका प्रहरी कार्यलय बेलाटारिका प्रहरी निरक्षक श्याम प्रसाद यादव काे कमान्ड मा ४० जना र सशस्त्र प्रहरी क्याम्प झुलिनिपुर बाट प्रहरी सहायक निरिक्षक दिलबहादुर थापाकाे कमान्ड मा ७ जना खटिएका टाेलिले समझाई बुझाई गर्दा समेत नमानेकाे हुदा युक्त विवादमा ३० जना विद्यार्थी र प्रहरी निरिक्षक सहित ७ जना प्रहरी घाईते भएका छन । घाईते भएका सबैकाे हाल अवस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सुचना अधिकारीले जानकारी दिएका हुन ।

दाेस्राे दिन समेत विवाद भएकाेले थप मद्दतका लागि साउन २५ गते १२:१५ बजेकाे समयमा जना र ईलाका प्रहरी कार्यलय बर्दघाट बाट प्रहरी बरिस्ठ नायब निरिक्षक काे कमान्ड मा ११ जना टाेलि समेत खटिएको थियो । घाईते सबै प्रहरी कमान्ड हरुकाे स्थानीय स्वास्थ्य चाैकिमा उपचार भईरहेकाे सुचना अधिकारी पाण्डेले जानकारी दिए । प्रहरी माथि नै ढुंगा मुढा प्रहार गरेकोले नियन्त्रणमा लिने क्रममा ग्यास सेल प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤