Siraha Times
ताजा समाचार

न्यायको माग गर्दै ईलाका प्रहरी कार्यालय मेहेसपुरपतरीमा धार्ना

  • साउन २५, २०८०
  • १११९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ श्रावण - पटकपटक हुँदै आएको झडपले सिरहाको नवराजपुर गाउँपालिका बदनाम हुँदै आएका छन्। पछिल्लो समय केहि महिना अगाडी बिकासको क्रममा भएको झडप नसेलाउदै अर्को सार्बजनिक पोखरीको बिषयलाई लिएर स्थानीयले पालिकामा धार्ना दिन जादा दोहोरो झडप भएको थियो।झडपमा चोट पटक लागेर स्थानीय शिवराम यादवको हातको हडि भाचिएको उनको दाबी रहेका छन्। घाइते यादवका अनुसार स्थानीय जसपा निकट समर्थक संजिब यादवको कुटपिट बाट मेरो हातको हडि भाचेको घाईते यादवले दाबी गरेका छन्।यता दलित बस्तीको बाटो फराकिलो र बिकास निर्माणको क्रममा स्थानीय जग्गा धनी शिब नाथ यादव र जग्गा धनी जंगल शर्मा लगायतका ब्यक्तीको निजि जग्गामा दलित बस्तीको बाटो बनाउन लाग्दा दोहोरो झडपमा गाईते भएका स्थानीय दलित समुदायको बिलटु मोची लगायत एक महिला र दुई पुरुष माथि कुटपिट भएको घटना नसेलाउदै अर्को सार्बजनिक पोखरीको बिवाद अहिले उग्ररूप लिएका छन्।

Open photo

गाउँपालिकाका सरोकारवालाहरुको अनुसार गापा अध्यक्ष शिव उदगार यादव वडा अध्यक्ष बंन्सी लाल यादव,सुरेश यादव लगायत केही वडा अध्यक्षहरु काम विशेषले संघीय राजनीति काठमाडौं गएको बेला कुनै जानकारी नगराई बदनियत पुर्ण तरिकाले विभिन्न पार्टीका राजनीति ब्यक्ती नागारीक समाजको अगुवाहरुले गाउँपालिकामा हुल हुजत र पालिकाको विद्युतीय सामग्री लूटपाट गर्ने नियतले गुंन्डा सैलीमा आएर पालिकाको सार्बजनिक समपती लुटेको पालिका अध्यक्ष शिव उदगार यादवले पत्रकार समेलन मार्फद जानकारी गराएका थिए।

Open photo

स्थानीय संजिप कुमार यादव लगायतका ब्यक्तीको प्रहार र कुटपिटबाट शिव राम यादवको हातको हडि भाचिएको उनले आरोप लगाएका छन्।सोही विषयलाई लिएर पालिका तरङ्गित भएका छन्। संजित यादव लगायत ३ जना माथी लगाएको ज्यान मार्ने उधोग राखारेजी गर।पीडित ब्यक्तीलाई न्याय देउ, भ्रष्टाचारी प्रहरी मुर्दावाद प्रहरी ज्यादती बन्द गर, मानतीको कुरा चल्दैन।पीडित बिलटु मोचीलाई न्याय देउ, निमुखा गरी दलितलाई न्याय देउ। दलमाथी गरेको कुटपिट र अन्याय बन्द अपराधीलाई कार्बाही गर, प्रहरी दमन बन्द गर लगायतका माग राख्दै ईलाका प्रहरी कार्यालय घेराउ तथा धर्नामा बसेका छन।

झुठा मुद्दालाई प्रहरीले आर्थिक लेनदेनमा मुद्दा दर्ता स्थानीय जन प्रतिनिधिको आरोप रहेका छन्।बिकास निर्माणमा घाइते भएका दलित समुदायको बिलटु मोची लगायत ३ जनता गम्भीर घाइते भएका छन्।दलित भएकै कारण आफ्नो मुद्दा दर्ता नगरेको पीडित मोचीको आरोप रहेका छन्।

प्रतिक्रिया दिनुहोस

विद्यालय बसको दुर्घट ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको दुर्घटनामा ...

मुस्लिम समुदायका महि ...

ओम प्रकाश यादव लहान, असार १६। मुस्लिम समुदायका महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले ...

स्वच्छ तथा सफा घर अभ ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहाको अर्नामा गाउँपालिका–२ स्थित महरा टोलमा प्लान इन्टरनेसनल न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१