बिराटनगरका बलाजी भोजनालयको खानाले सिरहाको आधा दर्जन पत्रकार बिरामी

  • साउन २०, २०८०
  • ८५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राम पुकार यादव / सिरहा साउन २० । मोरङ जिल्लाको बिराटनगर स्थित मारबाडी सेवा सदन भित्रै रहेको बलाजी भोजनालयको खानाले सिरहाका अधा दर्जन पत्रकार बिरामी परेको छ । बिराटनगर नोबेल अस्पतालमा उपचारर्थ सिरहा लहानको पत्रकार जिबछ यादवको श्रीमतीलाई भेट् गर्न गएका सिरहाको करिब ६ जना पत्रकारले मारबाडी सेवा सदन भित्र रहेको बलाजी भोजनालयमा शाकाहारी खाना खाएका थिए । खाना खाएर उनिहरु सबै बिरामी परेको साथै गुणस्तरहिन खाना खुवाएकै कारण उनिहरुलाई फुड पोइजन भएर अस्वस्थ भएको स्थानीय चिकित्सकहरुले बताए । बिराटनगरमा जताततै होटेल खुलिए पनि शुद्ध शाकाहारी खानाको लागि मारबाडी खाना नै ठिक हुने भन्दै खाना खान गएका पत्रकारहरु बिरामी परेपछि होटेल संचालकको लापरबाही रहेको पीडित पत्रकारहरुको धारणा रहेको छ ।

मानिसको जिबन संग दिन दहाडै खेलबाड गर्ने यी बलाजी भोजनालय बन्द र त्यसका संचालक लाई कार्यबाही गरि बिरामिहरुको उचित क्षतिपूर्ति समेत भराई पाउँ भन्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मोरङलाई मेल बाट उजुरी समेत गरेको पत्रकार महासंघ सिरहाको पुर्व सभापति देब कुमार यादव, जिल्ला सचीव शिव दयाल यादव पत्रकार राम पुकार यादव ,नरेश बरबरिया ,सोनु मिश्रा समेतले जानकारी गराएका छन । आम उपभोक्ताहरुको स्वास्थ्य सुबिधा कायम राख्न र खाद्य पदार्थमा कुनै किसिमको मिसावट नगर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रणको उदेश्य नै रहदा बिराटनगर बलाजी भोजनालयले यसरी स्तरहिन खाना बिक्री बितरण गरि उपभोक्ताहरुलाई ठगी गरि रहेको मात्र होइन उनिहरुको स्वास्थ सँग खेल्बाड भैरहेको ठ्म्याई छ । र यो खाद पदार्थको गुण नियन्त्रण गर्ने सरोकारवाला निकायहरूको लागि चुनौतीको बिषय पनि रहेको हो ।

यसलाई ब्यबस्थित गर्न सरोकारवाला निकायहरूको आँखा खुलोस उपभोक्ताहरुको कथन रहेको छ । पुर्वान्चल क्षेत्रमा उपभोक्ताहरुको स्वास्थ्य रक्षाको लागी खाद्य पदार्थको गुण नियन्त्रण गर्न र खाद्य पोषण तथा प्रबिधि प्रसार गर्न स्थापित यी मोरङ बिराटनगर स्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको भुमिका पनि गतिलो नरहेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा होस्टेलभित् ...

रहमुल, लहान ९ चैत । सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर स्थित फुलेश्वर बोडिङ स्कुलको होस्टेलमा बस्दै ...

सप्तरीमा नाबालिग दलि ...

रहमुल, लहान ९ चैत ।  सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा एक १४ वर्षीया दलित बालिका ...

बरकी पोखरीमा महा विष ...

रहमुल, लहान ९ चैत्र । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित बरकी पोखरी (ठाकुर बाबा पोखरी)को ड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१