गर्वती महिलालाई हर्लिक्स वितरण कार्यक्रम सम्पन्न

  • साउन १९, २०८०
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १९ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं ३ कुर्वामा गर्वती महिलाहरुलाई एक दिने चेतना मूलक तालिमसँगै हर्लिक्स वितरण गरिएको छ । शक्ति महिला सामुदायिक संस्थाको आयोजना तथा हेल्पिङहर्टको बिशेष सहयोगमा कुर्वा स्थित मावि विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा उपस्थित करिब ४ दर्जन गर्वती महिलाहरुलाई आवस्यक चेतना मूलक तालीम प्रदान गर्दै सहभागी सवैलाई हर्लिक्स वितरण गरिएको छ । वाडा अध्यक्ष वीरेन्द्र शाहको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा हेल्पिङ हर्टका मेराज खानलगाएत सस्थाका प्रतिनिधिहरु स्थानिय स्वास्थ्यकर्मीहरु, साजाजसेवी ,जनप्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु ,स्थानिय समाजसेवी , ।राजनीतिकर्मी, बुद्धिजीवी, पत्रकार लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएकाे हो ।

कार्यक्रममा शक्ति महिला सामुदायिक संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाले " गर्वती र प्रशव अवस्थाकी महिलाहरुले सरसफाई,आराम र खानपिनमा बिशेष ध्यान केन्द्रित गर्नु पर्ने बताउनु भएको थियो । सस्थाका मेराज खानले महिलाहरूको सहभागिता देखेर खुशी भएको धारणा राखेका थिए । वाडा अध्यक्ष शाहले स्वच्छ समाज निर्माणका लागि महिला अग्रसर हुनु पर्ने धारणा राख्दै सहभागी सवैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । अनिता चौधरीको उद्घोषणमा संचालित कार्यक्रममा स्वागत मन्तब्य अमृता शाहले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१