ताजा समाचार

शक्ति महिला सामुदायिक संस्थाको रिहाई अभियान

  • साउन १७, २०८०
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १७ ।विगत ७ महिनादेखि सिन्धुलीको कारागारमा १८ दिने नवजात शिशु सहित जेल जीवन बिताउँदै आएकी संगिता कुमारी महतोको रिहाईको लागि शक्ती महिला सामुदायिक सस्था धनगढी सिराहाको अगुवाईमा आज देखि "संगिता महतो रीहाई " अभियान थालिएको छ । प्राप्त जानकारी अनुसार उनलाई गोलबजारकी एक ठग महिलाले चेक बाउन्सको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएर जेल पठाएकी हुन । बास्तविक वस्तुस्थितिको बारेमा पीडितका श्रीमानले बताए अनुसार " आफूलाई मानसिक तनाव उत्पन्न गरेपछि श्रीमतीको नामको खाली चेक दिएको ' बताए ।

नवजात शिशुसहित जेलमा रहेकी संगीताको घरमा दुई नाबालक छोरा छोरीको अवस्था पनि चिन्ता जनक रहेको छ । अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगीताको छोरा छोरीको बिजोग भएको खवर प्राप्त भएपछि शक्ति महिला सामुदायिक सस्था धनगढीमाई सहितको टोली सिन्धुली कारागार पुग्दा जेलमा शिशु समेत बिरामी परेको अवस्था रहेको थियो । मानवीयता हराएको ठग महिलाको गलत हर्कतले एक परिवार उठीबास भइरहेको अवस्थामा बास्तविकता क्रमिक रूपमा बाहिर ल्याउने प्रयास जारी रहेको शक्ति महिला सामुदायिक संस्थाले बताएको छ । उनकी रिहाईको लागि करिब ५ लाख ५० हजार रकम लाग्ने वुझिएको छ ।

उनको रिहाईको लागि आवस्यक सहयोगको लागि सहयोगी हातहरुलाई हार्दिक अपिल , शक्ति महिला सामुदायिक संस्थाको कुमारी बैंकको खाता नंबर 264027794270000
 

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤