शक्ति महिला सामुदायिक संस्थाको रिहाई अभियान

  • साउन १७, २०८०
  • ७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १७ ।विगत ७ महिनादेखि सिन्धुलीको कारागारमा १८ दिने नवजात शिशु सहित जेल जीवन बिताउँदै आएकी संगिता कुमारी महतोको रिहाईको लागि शक्ती महिला सामुदायिक सस्था धनगढी सिराहाको अगुवाईमा आज देखि "संगिता महतो रीहाई " अभियान थालिएको छ । प्राप्त जानकारी अनुसार उनलाई गोलबजारकी एक ठग महिलाले चेक बाउन्सको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएर जेल पठाएकी हुन । बास्तविक वस्तुस्थितिको बारेमा पीडितका श्रीमानले बताए अनुसार " आफूलाई मानसिक तनाव उत्पन्न गरेपछि श्रीमतीको नामको खाली चेक दिएको ' बताए ।

नवजात शिशुसहित जेलमा रहेकी संगीताको घरमा दुई नाबालक छोरा छोरीको अवस्था पनि चिन्ता जनक रहेको छ । अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगीताको छोरा छोरीको बिजोग भएको खवर प्राप्त भएपछि शक्ति महिला सामुदायिक सस्था धनगढीमाई सहितको टोली सिन्धुली कारागार पुग्दा जेलमा शिशु समेत बिरामी परेको अवस्था रहेको थियो । मानवीयता हराएको ठग महिलाको गलत हर्कतले एक परिवार उठीबास भइरहेको अवस्थामा बास्तविकता क्रमिक रूपमा बाहिर ल्याउने प्रयास जारी रहेको शक्ति महिला सामुदायिक संस्थाले बताएको छ । उनकी रिहाईको लागि करिब ५ लाख ५० हजार रकम लाग्ने वुझिएको छ ।

उनको रिहाईको लागि आवस्यक सहयोगको लागि सहयोगी हातहरुलाई हार्दिक अपिल , शक्ति महिला सामुदायिक संस्थाको कुमारी बैंकको खाता नंबर 264027794270000
 

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सामाजिक उत्तरदायित्व ...

ओम प्रकाश यादव लहान, माघ १७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ मा अवस्थित नाइटिङ्गेल स्कुलका ...

सिराहा–१ को चुनावी म ...

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१