विनोद मण्डल, साउन १५ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा लागु औषध सहित एक महिला पक्राऊ परेका छन । नवलपरासी (ब.सु.प.) जिल्लाकाे रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली स्थित लागु औषध विक्री गरेको भन्ने प्राप्त सुचना बमोजिम तत्काल खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ०६ मा रामपती अग्रहरीको घरमा डेरा गरी बस्दै आएकी करिब ४० वर्षिया गंगोत्री बनियालाई नियन्त्रणमा लिइएको हो । बानियाँको कोठा खानतलासी गर्दा भान्सा कोठावाट कपडाले ढाकी राखेको बोराको झोलामा DIAZEPAM ,PHENERGAN ,BUPRENORPHINE गरी ४२३ एम्पुल ,NITRAVET ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस औषधीजन्य लागु औषध फेला परेको बताईएको हो । भारी परिमाणको लागू औषध सहित नियन्त्रणमा लिइएको बानियाँको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (ब.सु.प.) ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved