सडक भासिएपछि सवारी साधनहरु बाटोमै रोकिए

  • साउन १५, २०८०
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १५ । उदयपुर कटारी सडकखण्डमा सडक भासिएको छ । सिराहाको मिर्चैया देखि कटारी जाने सडक कटारी वाडा नंवर २ स्थित कुखुरे खोलामा लगाइएको पूलसहितको सडक सामान्य वर्षामा भासिए पछि सवारी साधनहरु बाटोमै रोकिएका छन । आवत जावतमा प्रत्यक्ष प्रभाब पर्ने गरी सडकको पछिम तर्फ पुलको माथिल्लो भाग भत्किए पछि सवारी साधनहरु रोकिएका छन । भासिएको सडकको स्थलगत अनुगमन कटारी नगरपालिकाका उपप्रमुखले गर्नु भएको छ । सामान्य कुराकानीमा तत्काल ट्राफिक प्रहरीलाई खवर गर्ने उप प्रमुखले बताउनु भएको छ भने इलाका प्रहरी कार्यालय बेलसोतमा सम्पर्ग गर्दा उक्त ठाउँमा स्काईभेटर पठाई सकिएको बताइएको छ । सडक भासिने क्रम जारी रहेकाे अवस्था रहेको हुनाले उक्त ठाउँमा उच्च सतर्कता अपनाउन जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१