ताजा समाचार

प्रहरी र बन कर्मचारी मिली भगत काठ तस्कारी सुरु

  • साउन १३, २०८०
  • ८२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन १३ । नेपालको कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ नेपाल – भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे पिपरा परसुरामपुर घाट र नरायनापुर गेडुवजोत घाट हुँदै वारिका मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।

तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउं वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ । काठ तस्करीबारे सुरक्षा निकायपनि अनभिज्ञ छैन्न गणेशपुर इप्रका र क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देसबीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रस्ट छ । राति तस्करहरुले परसुरामपुर घाट नजिकै दिनावऊ काठ तस्करी हुदा छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤