सप्तरीमा गैरदलितद्वारा दलित परिवारका महिलाहरुमाथि कुटपिट, प्रहरीसँग न्याय माग्दा मिल्न दबाब

  • साउन ७, २०८०
  • १३४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान - सप्तरीमा जग्गा सम्वन्धी विवादका कारण एउटा दलित परिवारै कुटिएको छ। शप्तकोशी नगरपालिका १, फत्तेपुरको खोरियाटोल घर भएका उनीहरुलाई वडा नं. ४ स्थित खेतमा रोपाई गर्न गएका वेला घेरा हालेर कुटपिट गरिएको हो। असार २८ गते खेतमा काम गरिरहेका वेला मंगल रामकी पत्नि ३९ वर्षिया मनन देवी राम, उनका देउरानीहरु ३६ वर्षिया सुनितादेवी राम, ३२ वर्षिया सरोदेवी राम र २८ वर्षिया आरती रामलाई निर्घात कुटपिट गरिएको हो। सप्तकोशी–४ वलार्दहका देबानन्द चौधरी, लक्ष्मीदेवी चौधरी, रमेश चौधरी, सिर्जना चौधरी, बविता चौधरी र बबिताका देवर लगायतको समुहले दलित महिलाहरुलाई घेरा हालेर कुटपिट गरेको हो। कुटपिटका कारण गम्भिर घाईते भएका उनीहरुको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भएको छ।

जसमध्ये आरतीको अवस्था अहिले पनि चिन्ताजनक छ। अस्पतालले डिस्चार्ज दिएर फर्केकी उनी अहिले पनि वेला वेलामा आफै वेहोस भएर लड्ने गरेको मंगल रामले वताए। ट्याक्टर चालक रहेका मंगलका अनुसार उनी श्रीमतीसहितका महिलाहरुलाई धान रोप्न छोडेर ट्याक्टर लिई अर्काको खेतमा जोत्न गएका थिए। श्रीमतीसहित परिवारलाई नै कुटपिट गरिएको खवर पाएपछि घट्नास्थलमा आएर छुट्याउँदा उनलाई पनि कुटपिट गरिएको छ। चौधरीहरुले विगत २÷३ वर्षदेखि नै जग्गाको विषयमा विवाद गर्दै आएका थिए। अमिन ल्याएर आ–आफनो जग्गा छुट्याउन आफुले प्रश्ताव गर्दा उनीहरुले अस्विकार गर्दै आएको र ‘तिमीहरुले कमाएको जग्गा हाम्रो हो’ भन्दै पटक पटक धम्की दिदै आएको उनले वताएका छन्। पछिल्लो पटक पुरुषहरु कोही नभएका बेला महिलाहरुलाई घेरा हालेर बाँस र भाटाले ज्यान मार्ने उदेश्यले कुटपिट गरेको मंगलको गुनासो छ।

‘म पुग्दा कान्छि वुहारीलाई पुर्न कोही खाल्टो खन्दै गरेका र कोही कपालमा समातेर घिस्याउँदै गरेका थिए’ मंगलले भने–‘म छुट्याउन गएँ, मलाई पनि कुटे।’ उपचार गराएर फर्केपछि प्रहरीले पीडकलाई कारवाही गर्ने कुरामा वास्ता नगरेको भन्दै उनले न्याय माग गरेका छन्। राजनीतिक दबावमा दोशीलाई उम्काउन कतिपय ब्यक्तिहरुले मिल्न दबाव दिईरहेको उनले आरोप लगाए। ‘हामीले कुटाई खाएका छौं, महिला केटाकेटी नभनीकन सवैलाई पुरुषहरु नै लागेर कुटपिट गरिएको छ। अहिले पीडककै पक्षमा लागेर मिल्न दवाव दिदा आफु अन्यायमा परेको जस्तो लागिरहेको छ’ मंगलले थपे– ‘उपचारमा मात्रै करिव ४ लाख रुपैयाँ खर्च भयो। अहिले सवै मिलेर १ लाख लिएर मिल्नु पर्छ भन्छन्। कसरी मिल्न तयार हुनु।

’ दलित भएकै कारण प्रहरीले पनि न्याय दिलाउन वेवास्ता गरेको उनले वताए। ‘पटक पटक छलफल भनेर इलाका प्रहरी कार्यालयमा वोलाउने र दबाव दिने काम मात्रै भईरहेको छ। प्रहरीले पनि हामीलाई नै हप्काउँछन्’ उनले भने–‘अहिलेसम्म उजुरी समेत दर्ता भएको छैन।’ ४ दिनदेखि इलाका प्रहरी कार्यालयमा धाउँदा समेत उजुरी दर्ता नभएको, वरु प्रहरीले समेत वेवास्ता गरेर अप्रत्यक्ष रुपमा दवाव दिएको उनको वुझाई छ।

‘पीडामा परेका वेला प्रहरी समेतले हामीलाई हप्काउने, दुर्ब्यवहार गर्ने गरेपछि न्याय नपाईएलाकी भन्ने पीर लाग्न थालेको छ’ पीडितहरु भन्छन्–‘दलित भएकै कारण कानुनले पनि हामीमाथि नै थिचोमिचो गर्न थालेपछि कस्को आश गर्नु ?’ इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपक रायले पीडितले भने अनुसार नै रेडिमेट जवाफ दिए। उनले भने–‘पीडितले उजुरी दिएका छैनन्, उजुरी दिएपछि कारवाही गर्छौं।’

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१