Siraha Times
ताजा समाचार

प्रहरीकै मिलाेमतमा गाईगाेरुकाे ब्यापक तस्करी

  • असार ३०, २०८०
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ असार ३० । पश्चिम नवलपरासीकाे विभिन्न नाकाहरुबाट प्रहरी प्रशासनकै मिलाेमतमा गाईगाेरुहरुकाे व्यापक रुपमा तस्करी हुदै आएकाे छ । राैटहत जिल्ला निवासी नुनु मुसलमानले हाल नवलपरासीको रामग्राम १८ मा बसी गाईगाेरुहरुकाे व्यापक रुपमा तस्करी गर्दै गराउदै आएकाे स्थानीयहरुले बताएका छन् । भनिन्छ कि हामीले गाईगाेरुहरुकाे पुजा पाट गर्नुपर्छ तर यस्ताे नहुने गरेकाे उनीहरुलाई काटेर खाने गरेकाे हिन्दु स्वयंसेवक संघ नवलपरासीले जानकारी दिएकाे छ । नवलपरासीमा विगत ६ महिना देखि मुसलमानले गाईगाेरुहरु भारत बाट नेपाल तर्फ लुका चाेरी बाटाे हुदै भित्रिने गरेकाे स्थानीयले बताउने गरेका छन् ।

स्थानीयले यहि असार २७ गते बुधबार ८ जनाले गाईगाेरु भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा मानिस सहित छाेपी प्रहरी चाैकी ताेनवालाई बुझाए पछि केहि समयमा नै उनीहरुलाई प्रहरीले छाेडेकाे प्रति हिन्दु स्वयंसेवक संघ नवलपरासीले आपत्ति जनाएको छ । पटक पटक यस्ता क्रियाकलाप हुदा समेत प्रहरीले केहि एक्सन नलिएकाे हकुई बस्ने एक मानिसले बताएका छन् । हिजाे फेरि स्थानीयले प्रहरीलाई दवाब दिएपछि गेरमी प्रहरी चाैकीले मान्छेहरु गाईगाेरु छाडी भागेकाेले गाईगाेरु पक्राउ गरेकाे हाे । हाल आज ३ बजेसम्म गाईगाेरुहरु उक्त प्रहरी चाैकी परिसरमै रहेकाे र उनीहरुलाई खबर गर्दा प्रहरीले पक्राउ गरेकाे तर केहि समय पछि छाेडेकाे स्थानियले आराेप समेत लगाएका छन् । पटक पटक यस्ता कार्यमा संलग्न मानिस पक्राउ पर्दा समेत उनीहरुलाई प्रहरीले केही गर्न नसकेकाे हिन्दु स्वयंसेवक संघ नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१