प्रहरीकै मिलाेमतमा गाईगाेरुकाे ब्यापक तस्करी

  • असार ३०, २०८०
  • ९५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ असार ३० । पश्चिम नवलपरासीकाे विभिन्न नाकाहरुबाट प्रहरी प्रशासनकै मिलाेमतमा गाईगाेरुहरुकाे व्यापक रुपमा तस्करी हुदै आएकाे छ । राैटहत जिल्ला निवासी नुनु मुसलमानले हाल नवलपरासीको रामग्राम १८ मा बसी गाईगाेरुहरुकाे व्यापक रुपमा तस्करी गर्दै गराउदै आएकाे स्थानीयहरुले बताएका छन् । भनिन्छ कि हामीले गाईगाेरुहरुकाे पुजा पाट गर्नुपर्छ तर यस्ताे नहुने गरेकाे उनीहरुलाई काटेर खाने गरेकाे हिन्दु स्वयंसेवक संघ नवलपरासीले जानकारी दिएकाे छ । नवलपरासीमा विगत ६ महिना देखि मुसलमानले गाईगाेरुहरु भारत बाट नेपाल तर्फ लुका चाेरी बाटाे हुदै भित्रिने गरेकाे स्थानीयले बताउने गरेका छन् ।

स्थानीयले यहि असार २७ गते बुधबार ८ जनाले गाईगाेरु भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा मानिस सहित छाेपी प्रहरी चाैकी ताेनवालाई बुझाए पछि केहि समयमा नै उनीहरुलाई प्रहरीले छाेडेकाे प्रति हिन्दु स्वयंसेवक संघ नवलपरासीले आपत्ति जनाएको छ । पटक पटक यस्ता क्रियाकलाप हुदा समेत प्रहरीले केहि एक्सन नलिएकाे हकुई बस्ने एक मानिसले बताएका छन् । हिजाे फेरि स्थानीयले प्रहरीलाई दवाब दिएपछि गेरमी प्रहरी चाैकीले मान्छेहरु गाईगाेरु छाडी भागेकाेले गाईगाेरु पक्राउ गरेकाे हाे । हाल आज ३ बजेसम्म गाईगाेरुहरु उक्त प्रहरी चाैकी परिसरमै रहेकाे र उनीहरुलाई खबर गर्दा प्रहरीले पक्राउ गरेकाे तर केहि समय पछि छाेडेकाे स्थानियले आराेप समेत लगाएका छन् । पटक पटक यस्ता कार्यमा संलग्न मानिस पक्राउ पर्दा समेत उनीहरुलाई प्रहरीले केही गर्न नसकेकाे हिन्दु स्वयंसेवक संघ नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१