सिराहाको सडक तताउँदै लघुबित विरुद्धको संघर्ष समिति

  • असार ३०, २०८०
  • ६३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल, आषाढ़ ३० । मणिराम ज्ञवाली नेतृत्वकाे लघुबित विरुद्धका संघर्ष समितिमा आवद्ध महिलाहरुले सिरहाको धनगढीमाई नगरपालिकाे स्थानीय बजारहरु धनगढी र जिरोमाईलमा ब्यापक विरोध सहित विरोध प्रदर्शन गरेका छन । एका बिहानै गाउँ गाउँबाट सडक सँघर्षमा आएका महिलाहरू चर्का नारासहित प्रदर्शन गर्न थालेपछि बजारहरु तनाव ग्रस्त बनेको थियो । प्रदर्शन नियन्त्रणका लागि नेपाल प्रहरी, शस्त्र प्रहरी लगायतका सुरुक्षाकर्मी परिचालन गरिएको थियो । धनगढी बजारदेखि प्रदर्शन गर्दै चर्का नाराबाजी गर्दै स्थानिय जिरोमाईल पुगेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले अनावस्यक बलको प्रयोग गरेपछि तीन जना समान्य घाइते भएका थिए । प्रदर्शनका क्रममा संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा उत्रिएका सबैले ईलाका प्रहरी कार्यालय धनगढीको गेटमा नाराबाजी गर्न थालेको एक समयपछि विश्वकर्मालाई छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१