ताजा समाचार

सिराहाको सडक तताउँदै लघुबित विरुद्धको संघर्ष समिति

  • असार ३०, २०८०
  • ७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल, आषाढ़ ३० । मणिराम ज्ञवाली नेतृत्वकाे लघुबित विरुद्धका संघर्ष समितिमा आवद्ध महिलाहरुले सिरहाको धनगढीमाई नगरपालिकाे स्थानीय बजारहरु धनगढी र जिरोमाईलमा ब्यापक विरोध सहित विरोध प्रदर्शन गरेका छन । एका बिहानै गाउँ गाउँबाट सडक सँघर्षमा आएका महिलाहरू चर्का नारासहित प्रदर्शन गर्न थालेपछि बजारहरु तनाव ग्रस्त बनेको थियो । प्रदर्शन नियन्त्रणका लागि नेपाल प्रहरी, शस्त्र प्रहरी लगायतका सुरुक्षाकर्मी परिचालन गरिएको थियो । धनगढी बजारदेखि प्रदर्शन गर्दै चर्का नाराबाजी गर्दै स्थानिय जिरोमाईल पुगेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले अनावस्यक बलको प्रयोग गरेपछि तीन जना समान्य घाइते भएका थिए । प्रदर्शनका क्रममा संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा उत्रिएका सबैले ईलाका प्रहरी कार्यालय धनगढीको गेटमा नाराबाजी गर्न थालेको एक समयपछि विश्वकर्मालाई छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤