Siraha Times
ताजा समाचार

पश्चिम नवलपरासीका ४ क्याम्पस खारेजी सुचीमा

  • असार २९, २०८०
  • ८८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार २९ । त्रिभुवन विश्वविद्यालयबाट समयमा नवीकरण नगरेका क्याम्पसहरूलाई निरन्तर नवीकरणका लागि सूचित गर्दापनि नियमानुसार नवीकरण नगरेको भन्दै पश्चिम नवलपरासीका ४ क्यापस खारेजी प्रक्रियाको सुचीमा परेका हुन । खारेजीको सुचीमा पर्नेमा परासी क्याम्पस रामग्राम,न्यु लाइफ कलेज बर्दघाट र सोमनाथ बाबा क्याम्पस सुनवल र अस्नैया आदर्श क्याम्पस सुनवल रहेका छन । विश्वविद्यालयले विद्यार्थी संख्या कम भएका क्याम्पस समायोजन नीति अघि सार्दै देशभरका १७५ क्याम्पसहरूको नामावली प्रकाशित गरेको छ । विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको थियो । तीमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको सूची सार्वजनिक गरिएको छ ।

१ सय ५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ । त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन । त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो।गोरखापत्रमा प्रकाशित सूचनामा नवीकरण नगरे सम्बन्धन खारेज किन नगर्ने भनेर सोधिएको छ । तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने त्रिवि योजना निर्देशनालयले जनाएको छ ।

दोस्रो जनआन्दोलनयता विश्वविद्यालयले मनोमानी सम्बन्धन बाँडेको थियो । पछिल्ला वर्षहरूमा ती क्याम्पस विद्यार्थी अभावमा सङ्कटमा रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । त्रिविसहित अन्य विश्वविद्यालयका करिब साढे ५ सयवटा क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी अध्ययनरत छन् । त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१