कपिलवातुको विजयनगरमा एक महिना नबित्दै पिपिसी ढलान भत्कियो

  • असार २४, २०८०
  • ५७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण भएको कल्भर्टको छेउको पिपिसी ढलान भत्किएको छ । निर्माण भएको एक महिना नबित्दै पिपिसी बाटो ढलान भत्किएको स्थानीयले जनाएका छन् । देवीपुर कृषि बाटोमा कल्भर्ट निर्माण गरिएको बाटोको २ मिटर लामो पिपिसी ढलान भत्किएको बताएका छन् । गाउँपालिकाले समयमै अनुगमन नगर्दा उपभोक्ता समितिले गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । यता गाउँपालिका इन्जिनियर नविन डुम्रेले नयाँ माटो पटान भएकोले भत्किएको बताए ।

उनले नयाँ माटोमा पिपिसी ढलान गर्दा पिपिसीसहित बाटो भत्किएको बताए । उनले कल्भर्ट पिपिसी लगायत निर्माणको भुक्तानी नभएको र पुनः निर्माण नभएसम्म भुक्तानी नहुने बताए । यस्तै देवीपुर कृषि बाटोमा कल्भर्ट उपभोक्ता निर्माण समितिका अध्यक्ष चित्र बहादुर बलालले भत्किएको पिपिसी ढलानको काम सुरु गरिएको बताए । उनले नयाँ माटो पटान भएकोले पिपिसी ढलान भत्किएको बताए । उनले पिपिसी निर्माण भएको ६,७ दिन नबित्दै रातिको समयमा ट्रेक्टरमा आउँदा पिपिसी ढलानको दुबै छेउ भत्किएको बताए । गाउँपालिकाको ४ लाख रुपैयाँको लागतमा देवीपुर कृषि बाटोमा कल्भर्ट सहित बाटो पिपिसी  निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१