सुरेश यादव,नवलपरासी/असार २३ । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीकाे अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालकाे प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य संघकाे १५ओैं पद हस्तान्तरण एवम् अतिथि गृहकाे समुद्घाटन समारोह कार्यक्रम परासीमा सम्पन्न भएकाे छ । नवलपरासी उद्योग वाणिज्य संघको पन्ध्रौं पद हस्तान्तरण तथा अतिथि गृह उद्घाद्घाटन समारोहलाई आज परासीमा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिपछि व्याजदर घट्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले चर्को व्याजदरका कारणले शिथिल बनेको व्यवसायिक क्रियाकलापलाई क्रियाशील बनाउन सरकारलाई सुझाव दिईएकोले सम्बोधन हुनेमा आशावादी रहेको बताउनुभयो ।

प्रमुख अतिथि ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकाे बताउनुभयो । उहाँले निजी व्यवसायीलाई हतोत्साही होइन मनोबल बढाउने काम गर्न जोड दिनुभयो । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष केशव भण्डारीले नवलपरासीलाई ओैद्योगिक क्षेत्रको रुपमा घोषणा गर्न आवश्यक रहेको बताउनुभयो । चर्को व्याजदर र आर्थिक मन्दीका कारण निजी हतोत्साहित भएको बताउँदै उहाँले सरकारले समस्या समाधानमा पहल गर्न आग्रह गर्नुभयो । उक्त अवसरमा नवलपरासी उद्योग वाणिज्य संघको १५ ओैँ अधिवेशनबाट निर्विरोध नवनिर्वाचित अध्यक्ष अग्रहरी सहितका २१ जना पदाधिकारीलाई सपथग्रहण सहित पदस्थापन गरिएको संघका नवनिर्वाचित उद्योग उपाध्यक्ष गिरीराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved