२०ओेैं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सवकाे रुपमा मनाउँदै सम्पन्न

  • असार १५, २०८०
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव / नवलपरासी,असार १५ पश्चिम नवलपरासीकाे रामग्राममा कृषि ज्ञान केन्द्र नवलपरासीको आयाेजनामा २०ओैं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न भएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सन्ताेष कुमार चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधि सधा सदस्य एवम् पुर्व कानुन मन्त्री ध्रुव बहादुर प्रधानकाे प्रमुख आतिथ्यता एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल र लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालकाे विशिष्ट आतिथ्यतामा धान दिवस मनाईएकाे छ ।

कार्यक्रममा किसानहरुले मल र उन्नत जातका बिउ विजन उपलब्ध नहुदा समस्या र उतपादनमा कमि भएकाे दु:ख पाेखेका थिए । साथै प्रमुख अतिथि प्रधानले आफु किसानहरुकाे समस्याकाे लागि सधै लागि पर्ने र साथ सहयाेग समेत दिने बताउनुभयाे । त्यस्तै विषेश अतिथि प्रदेश सांसद जयसवालले किसानहरु समस्या दिनानुदिन बढ्दै गएकाे बताउदै समस्याकाे समाधान गर्न स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले केहि पहल नगरि कृषि प्रधान देश नारा र नाममा मात्र सिमित राखी नेताहरुकाे कुर्सी र पद बाडफाडमा पैसा सिध्याएकाे टिप्पणी समेत गरेका थिए ।

कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्ताेष कुमार चाैधरीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रकुख भगवती यादव ( रुदल ) प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,नवलपरासी उधाेग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,रामग्राम नगरपालिका उपप्रमुख सम्झना चाैधरी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१