Siraha Times
ताजा समाचार

२०ओेैं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सवकाे रुपमा मनाउँदै सम्पन्न

  • असार १५, २०८०
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव / नवलपरासी,असार १५ पश्चिम नवलपरासीकाे रामग्राममा कृषि ज्ञान केन्द्र नवलपरासीको आयाेजनामा २०ओैं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न भएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सन्ताेष कुमार चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधि सधा सदस्य एवम् पुर्व कानुन मन्त्री ध्रुव बहादुर प्रधानकाे प्रमुख आतिथ्यता एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल र लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालकाे विशिष्ट आतिथ्यतामा धान दिवस मनाईएकाे छ ।

कार्यक्रममा किसानहरुले मल र उन्नत जातका बिउ विजन उपलब्ध नहुदा समस्या र उतपादनमा कमि भएकाे दु:ख पाेखेका थिए । साथै प्रमुख अतिथि प्रधानले आफु किसानहरुकाे समस्याकाे लागि सधै लागि पर्ने र साथ सहयाेग समेत दिने बताउनुभयाे । त्यस्तै विषेश अतिथि प्रदेश सांसद जयसवालले किसानहरु समस्या दिनानुदिन बढ्दै गएकाे बताउदै समस्याकाे समाधान गर्न स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले केहि पहल नगरि कृषि प्रधान देश नारा र नाममा मात्र सिमित राखी नेताहरुकाे कुर्सी र पद बाडफाडमा पैसा सिध्याएकाे टिप्पणी समेत गरेका थिए ।

कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्ताेष कुमार चाैधरीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रकुख भगवती यादव ( रुदल ) प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,नवलपरासी उधाेग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,रामग्राम नगरपालिका उपप्रमुख सम्झना चाैधरी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१