Siraha Times
ताजा समाचार

राजमार्गमा बढदो टिपर आतंकले सर्वसाधारण आतंकित

  • असार ९, २०८०
  • ६५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान / ९ असार । विकास निर्माणका कामहरु बढेसँगै निर्माण सामग्री ओसारपोसारका लागि टिपरको प्रयोग बढिरहेको पाइएको छ । मधेश प्रदेशस्थितका जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्लाका सडकहरुमा दैनिक सयौं टिपरहरु सञ्चालन हुने गर्दछन् । तिव्र गतीमा चल्ने टिपरहरुलाई ट्राफिक प्रहरीले कारवाही गर्न नसक्दा यात्रुहरु त्रसित हुन परिरहेको छ । ‘तिव्र गतीमा गुद्ने टिपरका कारण सडकमा मोटरसाइकल चलाउँदा डराउनुपर्ने अवस्था छ । सिरहाका गुरुदेव यादव भने, ‘बजार, स्कुल, बस्ती क्षेत्रमा तिव्र गतीमा हाँक्ने टिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको देखिदैन ।’

टिपर देख्नेबित्तिकै अहिले सडकबाट आफै साइड लाग्नुपर्ने अवस्था रहेको उनले बताए । ओभरलोड सामग्रीसहित आएका टिप्परले कहिले मध्य सडकमा सामान खसाल्ने त कहिले ओभरटेक गरेर अरु सवारीलाई दुर्घटनामा पर्न बाध्य पार्ने गरेका छन् । यसरी मनपरी चलाउने टिप्पर चालकहरु प्रहरी अगाडि तिब्र गतिमा गुडाउँदा पनि प्रहरी भने मौन हुन्छ । छड्के जाँच गर्ने नाउमा एकान्त बाटोमा गाडि रोकेर जाँच गर्ने ट्राफिक प्रहरी व्यस्त सडकमा अन्धाधुन्ध चलाउँदा पनि मौन बसेको नागरिकको गुनासो छ ।

राजमार्गमा टिपरको आतंकले राजमार्ग छेउछाउमा बस्ने मानिसहरु भन्नू हुन्छ " आफ्नो घरमा पनि सुरक्षित नरहेको बताउँछन् । वहाँहरु भन्नू हुन्छ " आफ्नो घरको अनाज सुकाउन पाइरहेका छैनौं ।" धुलोले झन मान्छे बिरामी बनाउने गरेको स्थानीय आरोप छ।चुनढुङ्गााको धुलोकण उड्दा राजमार्गमा हिड्ने मानिसलाई मास्क लगाउनुपर्ने बाध्यता छ। दिनमा मात्रै नभई रात्रिकालिन गुड्ने टिपरले निन्द्रासमेत खोस्ने गरेको स्थानीयहरु बताउँछन् । "समग्रमा भन्दा जब टिपर चल्न शुरु हुन्छ तब, मानिस दिल दिमाग काम गर्न छोड्छन्। अस्पतालमा भर्ना भएका बिरामी झन बिरामी बन्न पुग्छन् । राजमार्गको सिराहा मिर्चैया चोहर्वा बाटोमा- दिनमै एकहजार भन्दाबढी ओभर लोड टिपर आवतजावत हुन्छ ।

जसले गर्दा- राजमार्गमा हिड्ने सर्वसाधारण मानिस, मोटरसाइकल यात्रि, बस, हायस लगायत अन्य गाडी बलाहरु दिनप्रतिदिन त्रसित बन्दै गइरहेका छन् । टिपर आतंकबाट सर्वसाधारण मात्रै प्रभावित छैन । टिपर ओभर लोडका कारण राजमार्गका कालोपत्रे अल्पत्र हुने गरेको अवस्था छ। अधिकाँश टिपरहरुले आफ्नो क्षमता भन्दा बढी लोड बोक्ने गरेका छन् । यता, ओभर लोडले भरिएका टिपर चल्दा राजमार्गमा जतात्यतै खाल्डो बनेको अवस्था छ। निकायले बढदो टिपरले नियन्त्रण र निराकरणको उपाय अबिल्मब लागू हुनुपर्ने अवस्था छ। सरकारले टिपर सहित गाडीको संङ्ख्या व्यवस्थापन । ओभर लोड नचलाउन पाउँने। ठोस कागजात हुनुपर्ने । अतः टिपरका लागि छुट्टै बाटो व्यवस्था गरिदिनुपर्छ । ताकि , सर्वसाधारण र अन्यले टिपरको आतंकबाट आतंकित नबनोस् ।

यता, ट्राफिक नियम कार्यान्यनको जिम्मा पाएको ट्राफिक प्रहरीले नियम विपरित सवारी चलाउनेलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको स्रोतको दाबी छ । सवारी चाप र त्यसले निम्त्याउने दुर्घटनाका कारण अनुसन्धान र व्यवस्थापनमा जुटनसमेत समस्या भएको लहान जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सई बिदुर भट्टराई बताउँछन् । वहाँ भन्नू हुन्छ - सम्बन्धित निकायले टिपर आतंक रोक्न अबिलम्ब जरुरी छ। भट्टराईले भने, हामीलाई समेत कामकाज गर्न निकै सास्ती खेपेका छौं । जिउ जानका लागि बढ्दो टिपर आतंक न्युनिकरण बन्द गर्न निकायलाई समयमै ध्यानाकर्षण हुनुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

विद्यालय बसको दुर्घट ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको दुर्घटनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१