ताजा समाचार

अबैध मालसामान सहित गाडी बरामद

  • असार ६, २०८०
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ०६ । पश्चिम नवलपरासीको परासी स्थित रामग्राम ५ बाईपास चाेकमा विशेष सुचनाकाे आधारमा दिउँसो १ बजे भारतबाट नेपालतर्फ ल्याउदै गरकाे अबैध मालसामान सहित कार र माेटरसाईकल पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएकाे छ । माेटरसाईकल र कार चालक जिल्ला रुपन्देही सिद्धार्थ न.पा. ४ बस्ने बर्ष ४५ को अमित कुमार श्रीवास्तव सहित नियन्त्रणमा लिई अबैध सामान कार तथा कार चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा महेसपुर पठाइएको साथै माेटरसाईकल चालक फरार रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी तथा डिएसपी भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

माेटरसाईकलमा बोईलर कुखुरा १४ जिउ (२८ के.जी) रु३००/-काे दरले रु८४०० /- साथै भारतिय नम्बर प्लेट को (UP 56 P 8556) १ थान माेटसाईकल रु१५०००/-बराबरकाे र कारबाट साडी १६ पिस रु १०००/-काे दरले रु १६००० /-,कुर्ता सुरवाल १३० पिस रु६००/-काे दरले रु ७८०००/- ,टप्स १८८ पिस रु५०० /- काे दरले रु९४०००/- र लु ३ च ७७७ नं. को सिएलटी कार १ थान रु१०,००,००० / जम्मा रु१२,११,४००/-बाराबरकाे अबैध मालसामान सहित माेटरसाईकल र कार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षक चाेप बहादुर के.सीकाे कमान्डमा खटिएको प्रहरी टाेलीले नियन्त्रणमा लिएकाे सुचना अधिकारी पाण्डेले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤