सुखिपुरको बेल्ही माविका प्रअ मनोज कुमार झा भ्रष्टाचार अनियमिततामा लिप्त पाँचदलद्वारा सिडियोलाई ध्यानाकर्षण

  • असार ६, २०८०
  • ५०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/ लहान/६ असार । सिराहाको सुखिपुर नगरपालिका वडा नम्वर - ७ मा रहेको श्री रजै जनकलाल माध्यमिक बिद्यालय बल्हीका प्रधानध्यापक मनोज कुमार झाले बिगत करिब १३ बर्ष देखि प्रधानध्यापकको पद समहाल्दै आइरहेका छन् । प्रधानध्यापक मनोज कुमार झाले विगत केही दिनदेखि विद्यालयको हरहिसाव पार्दर्शिता नहुदाँ स्थानीय अभिभावक विभिन्न पार्टीमा आवद्ध स्थानीय नेताहरूले झा विरुद्ध पछिल्लो समय विद्यालयको द्वारमा धर्ना बसेको थियो । तर , आज असार ५ गते बितिसक्दा समेत आयव्यय हरहिसाब नदिदाँ आज सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई अभिभावकहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

यो सँगै प्र.अ. झा हालसम्म कार्यरत रहँदा शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को व्यवस्था बमोजिम वार्षिक रुपमा सामाजिक परिक्षण गराउनु पर्ने व्यवस्था भए पनि केही वास्ता नगरेको स्थानीयको आरोप छ। स्थानीयहरुका अनुसार बिगत १० बर्ष देखि सामाजिक परिक्षण नगराएकाले समाजसेवी, बुद्धिजिबी, राजनितिकर्मीहरुको ध्यानकर्षण हुँदा विद्यालयमा गई मौखिक र लिखित रुपमा पटक पटक सामाजिक परिक्षण (आय-व्यय) को लागि गुहार गर्दा समेत कुनै सुनवाइ नदिइएको स्थानीयहरुको आरोप छ ।

वहाँहरु भन्नुहुन्छ - ताकेता गर्दा समेत नमान्दा बाध्य भई बिद्यालयको गेटमा सामाजिक परिक्षण (आय - व्यय) प्रस्तुतिकरणको माँग गर्दै धर्ना बस्नु परेको ब्यहोरा समेत अवगत गराएका थियोे । धर्नामा बस्दा प्र.अ.ले अषाढ १ गते आय व्यय प्रस्तुत गर्ने सहमती गर्दा धर्ना कार्यक्रम स्थगित गरिएको थियोे । यता, सहमति अनुसार २०८० अषाढ १ गते बिद्यालयले आय-व्यय प्रस्तुतीकरणको कार्यक्रम राखी आय व्यय प्रस्तुत गरेका थियो । तर, प्रस्तुत गरिएको आय-व्ययको जाँच बुझको लागि सर्बदलिय सर्व पक्षिय एउटा सानो समिति बनाउँ र उक्त समिति द्वारा आय व्यय प्रतिबेदनको जाँचबुझ गरी पुन: संशोधित आय - व्यय अनुमोदनको लागि सामाजिक भेला राखौ भनेर माँग गर्दा प्र.अ. मनोज कुमार काले रक्सी, मासु,पैसा आदीको बलमा बोलाएको गुण्डा लठैतहरु द्वारा हामी माथी कुटपिट गराईयो र विद्यालय परिसर बाट बाहिर लखेटियो भनेका थियोे ।

यसरी सामाजिक आस्थाको केन्द्र बिद्यालयमा कानुन बमोजिम सामाजिक परिक्षण आय-व्ययको माँग गर्दा गुण्डा लगाई कुटपिट गरी गराई बिद्यालय परिसर बाट लखेटिएको घटनालाई घोर भर्तस्नाको नाम दिएका छन् । बिद्यालयमा कानुन अनुसार सामाजिक परिक्षण आय-व्यय बार्षिक रुपमा प्रस्तुत नगरेकोले शिक्षा ऐन २०२८ र शिक्षा नियमावलि २०५९ बमोजिम विद्यालयबाट माँग गर्दा प्र.अ.ले गुण्डा गर्दी गरेको बिद्यालयमा गैर कानुनी तरिकाबाट विद्यार्थीहरुबाट बिभिन्न शुल्कहरु लिने गरेको समाजमा आय-व्यय पारदर्शी नगरी लाखौ रुपैयाको भ्रष्टाचार गरेको पैसा घुस खाई जिल्लान्तर --सरुवाहरु गरेको विद्यालयको आम्दानी विद्यालय खातामा जम्मा नगरी नगद रु. पाँच (५) लाख रुपैंया आफनो खल्तीमा राखेको लगायत बिभिन्न कानुनी तथा सामाजिक अपराध गर्ने गरेको अभिभावकहरुले व्यापक आरोप लगाएका छन् । सिराहाका सिडियो भोजराज खतिवडालाई आज बुझाएको ज्ञापनपत्रमा यी शर्त र माँगहरु राखेका छन् ।

१. हाम्रा माँगहरु अबिलम्ब सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ ।

२. विद्यालयबाट प्रस्तुत गरिएको आय व्यय प्रतिवेदनको जाँचबुझको लागि सर्वदलिय सर्वपक्षिय समिती गठन गराउन हुन ।

३. विद्यालयको प्र. अ. मनोज कुमार झालाई अन्यत्र विद्यालयमा सरुवा भई दिन हुन ।

ज्ञापनपत्र - बुझाउने ज्ञापनकर्ताहरु:- बिल्टु यादव, जनमत पार्टी ७ नं. वडाध्यक्ष, सुखिपुर नगरपालिका, रामकुमार यादव,जनमत पार्टी सुखीपुर नगर अध्यक्ष , वीरेन्द्रकुमार महतो,जसपा ७ नं. वडाध्यक्ष, सुखीपुर नगरपालिका, रामदयाल यादव, नेपाली कांग्रेस ७ नं. वडा अध्यक्ष, सुखीपुर नगरपालिका । त्यसतै, मिथुन यादव, नेपाली कांग्रेस नगर सभापति, सुखीपुर नगरपालिका ,दिनेश प्रसाद महतो,नेकपा एस.७ नं. वडाध्यक्ष सुखिपुर नगरपालिका , हरीवंश महतो नेकपा एस. नगर अध्यक्ष सुखिपुर नगरपालिका ,श्यामसुन्दर महतो लोस्पा ७ नं. वडा अध्यक्ष, सुखीपुर नगरपालिका ,नन्दकुमार महतो वडा नं. गोलबजार नगरपालिका १३ वडा अध्यक्ष ।

बोधार्थहरुमा १. शिक्षा शाखा सुखिपुर नगरपालिका

२. जिल्ला समन्वय समितीको प्रमुख ।

३. प्रमुख जिल्ला अधिकारी, जिल्ला प्राशासन, सिरहा

४.शिक्षा तथा समाजकल्याण मन्त्रालय, मधेश प्रदेश

५.नेपाल संघीय सरकार

६. जिल्ला प्रहरी कार्यालय, सिरहा सहितकालाई राखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१