आम सुझावका लागि सुचना

  • जेठ ३१, २०८०
  • ७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बाददाता जेठ ३१ । सिरहाको धनगढीमाई नगरपालिकाले सूचनामा पारदर्शिता कायम गर्दै आगाडी बढिरहेको छ । एक सूचना सार्वजनिक गर्दै आ.ब.२०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझावको सार्वजनिक रूपमा उपलब्ध गराउने सूचना जारी गरेको छ । धनगढीमाई नगरपालिकाद्वारा जारी गरिएको सूचनामा भनिएको छ, " आगामी आ.ब.२०८०।०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भैसकेको हुँदा यस नगरपालिका अन्तर्गतका विभिन्न वडा स्तरमा सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु मार्फत समावेश गर्नु पर्ने विषयका महत्वपूर्ण सुझावहरु धनगढीमाई नगर कार्यपालिकाको कार्यालय, सम्बन्धित वडा कार्यालय लगाएत सबैले इमेल ठेगाना, फेसबुक पेज, फोन नं. मार्फत मिति २०८०।०३।०५ गते भित्र " उपलब्ध गराई दिनुहुन सार्वजनिक सुचना निकालेको छ । साथै यस नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, आन्तरिक तथा विषयगत शाखाहरु, संघ संस्थाहरु, राजनैतिक दल, विज्ञ, बुद्धिजिबी, व्यवसायी, पेशाकर्मी, कर्मचारी, संचार जगत, आम धनगढीमाई नगरबासी तथा सरोकारबाला सबैलाई सार्वजनिक रूपमा सल्लाह सुझावका लागि सार्वजनिक सूचना जारी गरेको छ । मेयर शिवशंकर महतो आएपछि नगरमा यसरी सार्वजनिक सूचना मार्फत आम जनभावनाको कदर हुन थालेको आम बुझाई रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१