वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति पुन: गठन

  • जेठ ३१, २०८०
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेश चन्द्र बरबरिया सिरहा जेठ ३१ गते । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (WWASH CC) पुन: गठन तथा अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ । मंगलबार सिरहा नगरपालिकाको वडा न.१७ खैरटोकाको वडा कार्यालयमा भएको एक कार्यक्रममा वडा अध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा १५ सदस्य समिति गठन गरेको हो ।

सबल नेपालको आयोजना भएको उक्त कार्यक्रममा वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (WWASH CC) पुन: गठनमा वडा अध्यक्ष उमेश प्रसाद यादव संयोजकत्वमा १४ जना सदस्य रहेका छन । सदस्यहरुमा उमेश चन्द्र बरबरिया, संजिव यादव, संगिता पासवान, दौलेत देवी यादव , प्रदिप झा, तेतरी देवी महरा , दुर्गा यादव ,धनिराम सिंह, रंजिता यादव , जगदेव यादव, हरिनारायण यादव ,कामेश्वर यादव रहेका छन । कार्यक्रम संचालक लक्ष्मण पासवानले पुर्ण सरसफाईका सुचकहरू मध्ये यी सात वटा विषयहरुमा सहभागीहरु बिच प्रकाश पारेका थिए । योजना तर्जुमा तथा व्यवस्थापन ,चर्पीको समुचित प्रयोग र व्यबस्थापन, व्यक्तिगत सरसफाई, सुरक्षित खानेपानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाई र वातावरणीय सरसफाई बारे जानकारी दिए । कार्यक्रममा सबल नेपालका वास मेन्टर पूजा यादव र आलोक मण्डल लागयत विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१