Siraha Times
ताजा समाचार

भारतबाट सात बालक उद्धार सामाजिक अभियन्ता सरोज राय

  • जेठ ३०, २०८०
  • ७४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा ३० जेठ। जेष्ठ २१ गतेको दिन जयनगर सिमा भएर भारत प्रवेश गर्नलागेको सात नेपाली बालकलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । सातै बालकलाई भारतीय तस्कर मधुवनी जिल्ला हरिणे हरलाखी निवासी हाशिम अन्सारी र अब्दुल रहमान अन्सारी काम गराउन असाम लैजाने तयारीमा रहेको चाइल्डलाइन सवसेन्टर जयनगरको समन्वयक तारानाथ ठाकुरले जानकारी दिए । एसएसबी-४० बटालिएन हरिणेको सुचनाको आधारमा यिनी सबै बालकलाई पक्राउ गरी चाइल्डलाइन सवसेन्टर जयनगरलाई बुझाइएको थियो । यि सबै बालक धनुषा जिल्लाक रहेका छन् र १८ वर्ष मूनी रहेका कारण बालश्रम अन्तर्गत पक्राउ परेका थिए वा अर्को भाषामा तस्करीबाट जोगाउन भारतिय प्रहरीले तस्करको चुंगलबाट उद्धार गरेका थिए ।

यि सबै बालकलाई बाल कल्याण समिती मधुवनीको न्यायिक अधिकार भित्र राखिएका छन् । यिनीहरू वारे बालकल्याण समिती मधुवनीले सामाजिक अभियन्ता सरोज रायलाई जेष्ठ २७ गते पत्रचार मार्फत जानकारी गराए पछि उद्धारको लागि अभियन्ता रायले पहल सुरू गरेको थिए । सबैको आमाबुवा संग सम्पर्क गरि आवश्यक कागजात संकलन गरें र सबैको सामाजिक अन्वेंषण प्रतिवेदन मधुवनी पठाए पछि आज जेष्ठ १२ गते देखी बालकल्याण समिती मधुवनीले परिवारजन्यलाई बालक जिम्मा लगाउन सुरू गरेका छन् । विदेह नगरपालिकाको तिन जना, सबैला नगरपालिकाको चार जना र जनकपुर उपमहानगरपालिकाको एकजना रहेका छन् । यिनीहरूको नाम क्रमशः उदय शंकर मण्डल, आकाश मुखीया, चन्दन कुमार पासवान, दिपक कुमार कापड, कृष्ण कुमार दास, शिव कुमार दास र रवि पंजियार रहेका छन् । उद्धार हुनेमा एकजना भारतीय बालक पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१