भारतबाट सात बालक उद्धार सामाजिक अभियन्ता सरोज राय

  • जेठ ३०, २०८०
  • ६२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा ३० जेठ। जेष्ठ २१ गतेको दिन जयनगर सिमा भएर भारत प्रवेश गर्नलागेको सात नेपाली बालकलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । सातै बालकलाई भारतीय तस्कर मधुवनी जिल्ला हरिणे हरलाखी निवासी हाशिम अन्सारी र अब्दुल रहमान अन्सारी काम गराउन असाम लैजाने तयारीमा रहेको चाइल्डलाइन सवसेन्टर जयनगरको समन्वयक तारानाथ ठाकुरले जानकारी दिए । एसएसबी-४० बटालिएन हरिणेको सुचनाको आधारमा यिनी सबै बालकलाई पक्राउ गरी चाइल्डलाइन सवसेन्टर जयनगरलाई बुझाइएको थियो । यि सबै बालक धनुषा जिल्लाक रहेका छन् र १८ वर्ष मूनी रहेका कारण बालश्रम अन्तर्गत पक्राउ परेका थिए वा अर्को भाषामा तस्करीबाट जोगाउन भारतिय प्रहरीले तस्करको चुंगलबाट उद्धार गरेका थिए ।

यि सबै बालकलाई बाल कल्याण समिती मधुवनीको न्यायिक अधिकार भित्र राखिएका छन् । यिनीहरू वारे बालकल्याण समिती मधुवनीले सामाजिक अभियन्ता सरोज रायलाई जेष्ठ २७ गते पत्रचार मार्फत जानकारी गराए पछि उद्धारको लागि अभियन्ता रायले पहल सुरू गरेको थिए । सबैको आमाबुवा संग सम्पर्क गरि आवश्यक कागजात संकलन गरें र सबैको सामाजिक अन्वेंषण प्रतिवेदन मधुवनी पठाए पछि आज जेष्ठ १२ गते देखी बालकल्याण समिती मधुवनीले परिवारजन्यलाई बालक जिम्मा लगाउन सुरू गरेका छन् । विदेह नगरपालिकाको तिन जना, सबैला नगरपालिकाको चार जना र जनकपुर उपमहानगरपालिकाको एकजना रहेका छन् । यिनीहरूको नाम क्रमशः उदय शंकर मण्डल, आकाश मुखीया, चन्दन कुमार पासवान, दिपक कुमार कापड, कृष्ण कुमार दास, शिव कुमार दास र रवि पंजियार रहेका छन् । उद्धार हुनेमा एकजना भारतीय बालक पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१