Siraha Times
ताजा समाचार

सिरहामा धम्कीको त्रासमा जीवन खेपदै अधिकारकर्मी

  • जेठ ३०, २०८०
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० जेठ- सिरहाको लहानमा ओरेक नेपाल,मुक्ति नेपाल इन्सेक WHRD,HRD र राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा सुरु भएको मानव अधिकारको अवस्था तथा मानव अधिकारकर्मीको चुनौती विषयक छलफल कार्यक्रममा सिरहाको लहान गोलबजार मिर्चैया सिरहा चोहर्वा लगायतका ठाँउबाट कार्य गर्दै आएका मानव अधिकारकर्मी धम्की पुर्न जीवन बिताई रहेका छन्।

Open photo

एक दिने छ्लफल कार्यक्रममा अधिकारकर्मीहरुले आफुहरु पीडितलाई न्याय दिलाउन पहल गर्दा र पीडितको अवाज उठाउदा आफुहरु जोखिम पुर्ण जीवन र धम्कीको सुकार बन्न पुगेका हौं।अधिकारकर्मीहरु पिडा खेपीरहदा पनि राष्ट्रिय मानव अधिकार आयोग कुनै चासो नलिएको अवस्था रहेकोे छ।अधिकारकर्मी नै आयोग बाट पीडित रहेको अधिकारकर्मी रेनु कर्णले बताए। मुक्ति नेपालका अध्यक्ष तथा महिला मानव अधिकार संजालका केन्द्रिय अध्यक्ष श्याम कुमारी साहले क्षमता अनुसारको काम गरी रहेका छौँ। हामीले क्षेत्र अनुसारको कार्य राष्ट्रिय स्तरमा कसरी समानित हुने तेही अनुसार कार्य गर्नु पर्ने सकारात्मक सोच लिएर अगाडि बढन र चुनैती र साधनाका कुराहरुमा जोड दिनु भयो।

ओरेक नेपालका प्रमुख अनिता चौधरीले आफु पीडितको न्यायको लागी बोल्दा घरको ढोकामा समेत ढुङ्गा मुडा तोडफोड भएको पिडा खेपेको अवस्था रहेको बताए। मानव अधिकारकर्मी देवराज पोखरेलका अनुसार माओवादी संकटकालको कुराको चर्चा गर्दै काम गरे पछि चुनौती आउनु स्वभाबिक रहेको त्यसलाई सकारात्मक लिई अगाडि बढनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेश प्रमुख मंन्जु खतीवाडाले अधिकारकर्मीको हक अधिकारको विषयमा बोलदै काम गर्ने तरिकाको विषयमा सहजीकरण गरेका थिए।अधिकारकर्मी राम भरोसी महतोका अनुसार मानव अधिकारकर्मीमा रुप अर्को काम अर्को हुने गरेको छ।

मानव अधिकारकर्मीहरु योग्य छैन।संगठित हुनुपर्नेमा जोड दिदै तितरबितर भएर कार्य सहज छैन।संस्थागत गर्नु पर्नेमा जोड दिनु भयो। अधिकारकर्मी गंगा अधिकारीले साईबर क्राईमको मुद्दाको विषय रहेको सरकारी अस्पताल र बिना दर्ताको किल्निक चलाई रहेको अबस्था रहेको छ सरोकारवालालाई जिम्मेवार बनाउन।दक्ष जनशक्तिको कुरामा जोड दिदै बालश्रम शोषणका हुने गरेका छन्।मधेस प्रदेश इन्सेक प्रमुख राजु पासमानका अनुसार मधेस प्रदेशमा महिला र बालबालिका धेरै पीडित रहेको अवस्था रहेको बताए।

प्रतिक्रिया दिनुहोस

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

विद्यालय बसको दुर्घट ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको दुर्घटनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१