ताजा समाचार

पीडित महिलालाई घर हस्तान्तरण

  • जेठ २९, २०८०
  • १५०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स सम्बाददाता जेठ २९ । सिरहाको धनगढीमाई नगरपालिकाको एक वृद्ध आमाको घर बनाई बिशेष कार्यक्रम गरी हस्तानतरण गरीएको छ । धनगढीमाई नगरपालिका वडा नं. १३ भालुटार स्थित एक दलित तथा विपन्न वर्गका महिलाको घर बनाई नव घर प्रवेश कर्यक्रमको उद्घाटन यसै नगरपालिकाका नगर प्रमूख शिवशंकर महत्तो ज्यू द्वारा रिबन काटि गरिएको छ । हेलपिङ हर्ट नेपाल भन्ने संस्थाद्वारा निर्माण गरिएको उक्त ठाउँमा भएको पहिलाको घरमा आगो लागेर घर बार विहिन भएको अवस्थामा स्थानीय नेतृ मनिता योञ्जन र दिलीप लामा ज्यूले खवर बाहिर ल्याए लगतै उक्त ठाउँमा सहयोगको लागि बिभिन्न व्यक्तित्वहरू सहयोग लिएर पुगेका थिए । नेतृ मनिता योञ्जन र युवा नेता दिलीप लामाकाे बिशेष पहलमा हेलपिङ हर्टको नजर उक्त ठाउँमा पुगेका थिए । जसले गर्दा निसाय आमाको घर तयारी गरेर उक्त संस्था र सोही संस्थाका महासचिव MD Meraj Khan ज्यू लगाएत सम्पूर्ण टिम उक्त ठाउँमा पुगेर एक औपचारिक कार्यक्रम गरी मेयर महतोको हातबाट उद्घाटन गराई घर हस्तान्तरण गरिएको हो ।

संक्षिप्त कुराकानीमा युवा नेता दिलीप लामाले सस्थालाई " मेरो व्यक्तिगत तर्फबाट र धनगढीमाई नगरपालिकाको तर्फ बाट विशेष धन्यवाद टक्र्याउन चाहन्छु " साथै आगाडी लामाले थप्नु भयो आज हजुरहरुको सहयोगले गर्दा एउटा पीडित, दलित तथा विपन्न वर्गका महिलाको घर बास दिलाउन सफल भएका छौं । कार्यक्रममा नेता लामाले संस्थाप्रति खुसी व्यक्त गर्दै धनगढीमाई नगरको विकास प्रति आफ्नो सकारात्मक भूमिका रहने विश्वास दिलाउनु समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤