ताजा समाचार

टेलिकम नेटवर्क समस्या प्रति ध्यानाकर्षण गराउँदै पत्रकार मण्डल

  • जेठ २४, २०८०
  • ७६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेमप्रसाद पासमान जेठ २४ । सिरहाको धनगढीमाई १४ मा मोबाइलमा नेटवर्क नहुँदा स्थानीयलाई सास्ती खेप्नुपरेको अवस्था रहेको देखिन्छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी निरीक्षणको क्रममा बिहान करिव १० बजेको समयमा सिरहाका प्रमुख जिल्ला अधिकारीसहितको टोली उक्त ठाउँमा पुग्नु भएको थियो । निरीक्षणको क्रममा रहेका प्रमुख जिल्ला अधिकारीको सहितको टोलीलाई पत्रकार बिनोद मण्डलले धनगढीमाई १४ मा मोबाइलमा नेटवर्क नभएको जानकारी गराउनु भएपछि प्रमुख जिल्ला अधिकारी ज्यू आश्चर्यमा पर्नु भएको थियो ।

वाडा नंबर १४ मा रहेको मोबाईल नेटवर्क समस्याको बारेमा जिल्लाका उच्च अधिकारी ज्युहरुसंग पत्रकार मण्डलले ध्यानाकर्षण गराउँदै टेलिकम कार्यालय लहानको कमिसन भागवण्डाको कारण हालसम्म उक्त ठाउँमा टेलिफोन टावरको निर्माण हुन नसकेको अवस्था रहेको प्रमुख जिल्ला अधिकारी ज्यूलाई खुलेर बताएपछि ,प्रमुख जिल्ला अधिकारी ज्यूले यस सम्बन्धमा निकायमा तत्काल पहल गरिने बताउनु भएको छ । प्रमूख जिल्ला अधिकारी ज्यूले वाडा नंबर १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यू आफै बौद्धिक व्यक्तित्व र क्षमताबान व्यक्ति भएकोले स्थानीय सरकारबाट यसको पहल गरिनु पर्ने समेत बताउनु भएको छ ।करिब १५ मिनेटसम्म वडा न १४ को बारेमा व्यापक छलफल भइरहँदा उपस्थित सबैले समस्यालाई गंभीर रूपमा लिएको धारणा स्पष्ट पार्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤