ताजा समाचार

आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि द्वारा सार्वजनिक सुनवाइ

  • जेठ २०, २०८०
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ जेठ २० । रुपन्देहीको राेहिणी गाउँपालिका वडा नं ६ बाेडवारमा रहेकाे आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालिले आज सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेकाे छ । आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि का संचालक मान बहादुर यादवकाे अध्यक्षतामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको अनुदानमा गाेबर प्रशाेधन मेसिन वितरण र साथै गाेठ निर्माण तथा गाई पालन गर्न अनुदान उपलब्ध गराएकाे विषयमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।

पशु फर्ममा हाल ३०० थान गाई रहेका छन् भने साढे दुई विगहामा गाई पालन गरिएको संचालक मान बहादुर यादवले जानकारी दिनुभयाे । साथै पशुहरुकाे लागि १० बिगहामा घास लगाईएकाे व्यवस्थापक रामचन्द्र सहानीले बताउनुभयो । गाईहरुकाे दुध मिल्क पार्लरबाट निबाल्ने गरिन्छ भने पशुहरुलाई खाने अर्गानिक दाना,घास मात्र दिने गरिनुकाे साथै जैविक मल समेत उत्पादन हुने गरेकाे संचालक यादवले बताउनुभयो ।

उक्त पशु फर्ममा १० जना कामदारहरु रहेका छन् । कार्यक्रममा राेहिणी गाउँपालिकाका पशु सेवा विकास अधिकृत ओमप्रकाश ठाकुर,सामुदायिक रडियाे परासीका सुरेश यादव,प्रहरी चाैकी पिप्रहवाका प्रहरी हवल्दार मुक्ति यादव लगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤