ताजा समाचार

मेयरले अपमान गरेको भन्दै महिला सांसदले सदनमै मागिन न्याय

  • जेठ १६, २०८०
  • १२२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स  जेष्ठ १६ । जनता समाजवादी पार्टी (जसपा)की सांसद ललिता दासले लहान नगरपालिकाका मेयर महेश चौधरीले अपमान गरेको भन्दै न्याय मागेकी छन् । प्रदेशसभा बैठकमा बोल्दै सांसद दासले अपमान गर्ने मेयर चौधरीमाथि कारबाही हुनुपर्ने माग गरेकी छन् । प्रमुख अतिथि बन्न नदिएर मेयर चौधरीले आफूलाई अपमान गरेको उनको आरोप थियो । सांसद दासले भनिन्, ‘दलित जनकल्याण युवा क्लवले प्रमुख अतिथिको रुपमा मलाई बोलाएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलाई आसनग्रहण समेत गराइयो । तर, मेयर चौधरीले आक्रोशित भएर पुनः कार्यक्रम सुरु गर्न लगाए र उनी आफू प्रमुख अतिथि बने ।’

मेयर चौधरीले आफूलाई मात्र नभएर सम्पूर्ण दलित र महिलालाई अपमान गरेको सांसद दासको भनाइ छ । उनले संविधानको समेत धज्जी उडाउने संस्थाका अध्यक्ष विनोद विसुन्के र मेयर चौधरीमाथि मानहानी मुद्दा दर्ता हुनुपर्ने बताइन् । चौधरी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । निर्वाचनमा गठबन्धन भएकाले आफूसमेतले सहयोग गरेको तर अहिले उनै मेयर चौधरीले जातको नाममा विभेद गरिरहेको सांसद दासले आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤