मेयरले अपमान गरेको भन्दै महिला सांसदले सदनमै मागिन न्याय

  • जेठ १६, २०८०
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स  जेष्ठ १६ । जनता समाजवादी पार्टी (जसपा)की सांसद ललिता दासले लहान नगरपालिकाका मेयर महेश चौधरीले अपमान गरेको भन्दै न्याय मागेकी छन् । प्रदेशसभा बैठकमा बोल्दै सांसद दासले अपमान गर्ने मेयर चौधरीमाथि कारबाही हुनुपर्ने माग गरेकी छन् । प्रमुख अतिथि बन्न नदिएर मेयर चौधरीले आफूलाई अपमान गरेको उनको आरोप थियो । सांसद दासले भनिन्, ‘दलित जनकल्याण युवा क्लवले प्रमुख अतिथिको रुपमा मलाई बोलाएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलाई आसनग्रहण समेत गराइयो । तर, मेयर चौधरीले आक्रोशित भएर पुनः कार्यक्रम सुरु गर्न लगाए र उनी आफू प्रमुख अतिथि बने ।’

मेयर चौधरीले आफूलाई मात्र नभएर सम्पूर्ण दलित र महिलालाई अपमान गरेको सांसद दासको भनाइ छ । उनले संविधानको समेत धज्जी उडाउने संस्थाका अध्यक्ष विनोद विसुन्के र मेयर चौधरीमाथि मानहानी मुद्दा दर्ता हुनुपर्ने बताइन् । चौधरी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । निर्वाचनमा गठबन्धन भएकाले आफूसमेतले सहयोग गरेको तर अहिले उनै मेयर चौधरीले जातको नाममा विभेद गरिरहेको सांसद दासले आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१