महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुदै

  • जेठ १५, २०८०
  • ६०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, जेष्ठ १५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा जेष्ठ १६ गते एक दिने महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन हुने भएको छ। उक्त शिविरमा स्तन क्यान्सरको पहिचान, प्रारम्भिक उपचार र आवश्यक परे रिफर गरिने, Obstetrics fistula, आङ खस्ने समस्याको पहिचान र रिङ प्रेसरी राख्ने, पाठेघरको मुखको क्यान्सर जांच pt case हरू लाई Thermocoagulation विधिबाट उपचार, बांझोपन समस्या लाई आवश्यक परामर्श सेवा र रिफर जस्ता सेवा हरूको साथ शिविर संचालन हुने कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई ले जानकारी दिए। भैरहवा मेडिकल कॉलेज बाट महिला प्रसूति विशेषज्ञ सहित चार जना मेडिकल अधिकृत तथा मेरिस्टोप बाट एक जना स्टाफ नर्स तथा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी हरू सहितको टोलीमा शिविर संचालन हुने छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१