Siraha Times
ताजा समाचार

लहानको अस्पताल गेटमै नवजात फालेर महिला फरार

  • जेठ १३, २०८०
  • ११८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

गुरुदेव अधिकारी लहान,१३ जेष्ठ । सिरहाको लहान स्थित रहेको सरकारी अस्पताल परिसरमा रहेको गेटको केही भित्रपट्टी पछिमी छेउको खाली कोठामा राखिएको टेबूलमा रातो सल ,गम्छा र न्यानो झोलामा राखिएको अवस्थामा रोइरहेको एक नवजात शिशु फेला परेको हो । गए राति करिब १२ बजेर ३० मिनेटको समयमा उक्त ठाउँमा बच्चा रोइरहेको आवाज सुनेर त्यहाँ स्थित सुरक्षा गार्डले थाहा पाई अस्पताल प्रशासनलाई खवर गरेको अस्पतालमा कार्यरत नर्सिङका विमला थापाले जानकारी दिनुभएको छ । शिशुको बारेमा थाहा पाए लगत्तै प्रहरी टीम, डाक्टर टीम र नर्शिम टिमका सबै पुगेर शिशुलाई उद्धार गरेका थिए । 

पहिचान गरिएको छोरी शिशुको तौल ३ केजी १०० ग्राम लम्बाई ४८ सिएम रहेको उक्त शिशु करिब १५ देखि २० दिनको हुनसक्ने नर्सिङका विमला थापाले बताउनु भएको छ । लहान अस्पतालमा राखिएको उक्त शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने शिशुको स्याहारमा यतिबेला विमला थापा जुट्नु भएको छ ।करिब एक हप्तासम्म अस्पतालमा शिशुलाई राखेर आवस्यक कानुनी प्रक्रिया अगाडि बढाइने बुझिएको छ भने शिशु बेवारिसे छोडेर भागेको व्यक्तिहरूको खोजी कार्य भइरहेको बुझिएको छ ।अस्पताल परिसरमा राखिएको सिसी क्यामेरालाई चुनौती दिँदै यसरी भागेको व्यक्तिको बारेमा यतिबेला अस्पताल प्रशासन मौन बसेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१