Siraha Times
ताजा समाचार

विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित

  • जेठ १३, २०८०
  • ७४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ १३ मधेश प्रदेश । दोलखाको विगु गाउँपालिकामा रहेको कालिञ्चोक माविको पठन पाठनमा सुधार आएपछि स्थानीय खुशी भएका हुन । विगतमा पठन पाठनमा व्यापक लापरवाही भोग्दै आएको यस विद्यालयमा स्थानियको चासो बढेपछि सुधार देखिएको हो । स्थानिय शिक्षा प्रेमिहरुको अथक प्रयासले विद्यालयमा नियमित पठन पाठन हुन थालेपछि स्थानीय खुशी देखिएका हुन । विगु गाउँपालिकाले भर्खरै पालिकाको ८ वटै वडामा रहेको बिद्यालयहरुका बिद्यार्थीहरु लाई सहभागी गराई भर्खरै आयोजना गरेको वडा स्तरीय अन्तर विधालय अतिरिक्त कृयाकलापमा यस विद्यालयले जीत हासिल गरेको हो ।

कक्षा १ देखि ३ सम्मकाे बालबालिकाहरुलाई नेपाली हिज्जे + english contest साथै ६ देखि १० सम्मका विद्यार्थी भाईबहिनीहरुलाई प्रजनन स्वस्थ्य सहितको कार्यक्रममा सहभागी गराइएको थियो । आयोजित कार्यक्रम अन्तर्गत english contest मा प्रथम र नेपाली हिज्जेमा दितिय स्थान कालिन्चाेक मा. वि ले हात पार्न सफल भएको छ । विद्यालयले पुरस्कार स्वरुप नगद र प्रमाणपत्र सहभागी अथिती ज्यूहरुबाट प्राप्त गरेपछि स्थानीय हर्षित भएका हुन । कार्यक्रममा शिक्षा शाखा अधिकृत लक्ष्मि रिजाल समाजसेवी हिरा थामी लगायतको सहभागिता रहेको थियो । विद्यालयले यसरी जीत हासिल गरेपछि कालिञ्चोक चाेक मा.वि का विद्यार्थी ,र शिक्षक,शिक्षिका ज्यूहरुलाई स्थानियले बधाई दिदैं आभार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१