ताजा समाचार

मोहोतरीमा लघुबित विरुद्ध बिशाल प्रदर्शन लघुबित कर्मचारीहरु कार्यालय छोडेर भागे

  • जेठ ४, २०८०
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ जेष्ठ - लघुबित संस्था खारेजीको माग गर्दै बुधबार बर्दिवास नगरपालिका वडा नम्बर १० खैरमारामा पीडित महिलाहरुद्वारा बिशाल पर्दर्शन गरेका छन्। समाजवादी अर्थ तन्त्रको मजबुत गर,महिला हिंसा बन्द गर, महिला मार्न पर्दैन,बचत गरेको रकम फिर्ता गर लगायतका ५ सुत्रीय माग राख्दै हजारौंको संख्यामा सहभागी भई पीडित महिलाहरुले बिशाल पर्दशन गरेका छन्। लघुबित विरुद्धको संघर्ष समितिको जिल्ला अध्यक्ष सिलम यादवको अध्यक्षता तथा नेतृत्वमा कार्यक्रम सुरु भएको थियोे भने संघर्ष समितिको केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे। अतिथिहरुमा मधेस प्रदेश अध्यक्ष युवराज रसाइली,मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ,

Open photo

धनुषा जिल्ला अध्यक्ष मन्दीरा लामा,सिल्दुली अध्यक्ष दुर्गा माया सिरहा अध्यक्ष तथा मधेस प्रदेश सचिब अर्जुन बिश्वकर्मा, केन्द्रिय सदस्य धनिक लाल चौधरी सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत जिल्ला सदस्य लिलम कामैत लगायत हजारौं पीडित महिलापुरुषको कार्यक्रममा उपस्थिति रहेको थियोे। संघीय राजधानी काठमाडौंबाट सुरु गरेको लघुबित विरुद्धको आन्दोलन बिगत १५ महिना देखि निरन्तर जारी रहेका छन्। नेपालको ७७ वटै जिल्लामा बिरोधको कार्यक्रम हुने गरेका छन्। बिगत केहि महिना देखि सिरहा सप्तरी धनुषा,मोहोतरी सर्लाही बारा,पर्सा,रौतहट,उदयपुर सिन्दुली लगायतका जिल्लाहरुमा निरन्तर बिरोध र तलाबन्दीको कार्यक्रम हुने गरेका छन्।

अब हाम्रो माग केहि महिना भित्र पुरा भएन भने चर्नबध आन्दोलन गर्ने निर्णय गरेका छन्।लघुबित कार्यालयमा तोडफोड कर्मचारीहरुलाई कुटपिट र दुर्ववहारको कार्यक्रमहरु गर्ने निर्णय गरेका छन्।खैरमारा बजारमा भरी बिरोधको विभिन्न नाराहरु घनकाउदै लघुबित खारेजीको माग गर्दै पर्दर्शन गरेका जिल्ला अध्यक्ष सिलम यादवले जनाए। बिगत १५ महिना देखि निरन्तर भएको आन्दोलन र तालाबन्दीको कार्यक्रमले गर्दा मधेस प्रदेशबाट लखेटिदै लघुबित संस्थाहरुमा अन्तरीक दौड मचेका छन्।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤