प्रहरी र केयरिङ्गकर्ताबीच झडपको भिडियो खिचि रहेकी पत्रकार कुँबरलाई कुटपिट गर्दै पक्राउ

  • जेठ ३, २०८०
  • ७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ सुकासालमा प्रहरी र क्यारेरिङ्गकर्ताबीच झपडको भिडियो खिचि रहेकी पत्रकार ऐश्वर्या कुँबरलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनु शाही नेतृत्वको प्रहरी टोलीले कुँबरलाई कुटपिट गर्दै पक्राउ गरिएको हो ।आभाष कुञ्ज दैनिक र सगरमाथा टेलिभिजन आवद्ध पत्रकार कुँबरको प्रहरी कुटपिटबाट घाइते समेत भएकी छन् । प्रहरीले केही समय अघि कुँबरलाई महाकाली प्रादेशिक अस्पताल लगेर मेडिकल जाँच गरी प्रहरी कार्यालय ल्याएको छ । पत्रकार कुँबरले भिडियो खिच्ने क्रममा पत्रकार दलाल हुन्छन् भन्दै उनीमाथि कुटपिट गरिएको प्रत्यक्षदर्शीले बताए । ‘यहाँ झडप भई रहेको थियो, त्यही बेला भिडियो खिच्ने बेलामा पत्रकार पनि कहाँ राम्रो हुन्छन्, दलाल हुन्छन् भन्दै कुटपिट गरियो, त्यसपछि पक्राउ गरी ल्याइएको हो’ एक प्रत्यक्षदर्शीले भने । प्रहरीसित समान जाँच गर्ने क्रममा विवाद भएर एक जनामाथि कुटपिट भएपछि केयरिङ्गकर्तासित झडप भएको हो । झडमा प्रहरी र केयरिङ्गकर्ता दुबै घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१