ताजा समाचार

प्रहरी र केयरिङ्गकर्ताबीच झडपको भिडियो खिचि रहेकी पत्रकार कुँबरलाई कुटपिट गर्दै पक्राउ

  • जेठ ३, २०८०
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ सुकासालमा प्रहरी र क्यारेरिङ्गकर्ताबीच झपडको भिडियो खिचि रहेकी पत्रकार ऐश्वर्या कुँबरलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनु शाही नेतृत्वको प्रहरी टोलीले कुँबरलाई कुटपिट गर्दै पक्राउ गरिएको हो ।आभाष कुञ्ज दैनिक र सगरमाथा टेलिभिजन आवद्ध पत्रकार कुँबरको प्रहरी कुटपिटबाट घाइते समेत भएकी छन् । प्रहरीले केही समय अघि कुँबरलाई महाकाली प्रादेशिक अस्पताल लगेर मेडिकल जाँच गरी प्रहरी कार्यालय ल्याएको छ । पत्रकार कुँबरले भिडियो खिच्ने क्रममा पत्रकार दलाल हुन्छन् भन्दै उनीमाथि कुटपिट गरिएको प्रत्यक्षदर्शीले बताए । ‘यहाँ झडप भई रहेको थियो, त्यही बेला भिडियो खिच्ने बेलामा पत्रकार पनि कहाँ राम्रो हुन्छन्, दलाल हुन्छन् भन्दै कुटपिट गरियो, त्यसपछि पक्राउ गरी ल्याइएको हो’ एक प्रत्यक्षदर्शीले भने । प्रहरीसित समान जाँच गर्ने क्रममा विवाद भएर एक जनामाथि कुटपिट भएपछि केयरिङ्गकर्तासित झडप भएको हो । झडमा प्रहरी र केयरिङ्गकर्ता दुबै घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤