विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

  • जेठ ३, २०८०
  • ४९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

३ जेठ, कपिलवस्तु कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने बताएका छन् । उनले यस विजयनगर महोत्सवले गाउँपालिकाको कृषिको व्यावसायीकरण र आधुनिकीकरणमा सहयोग हुने विश्वास व्यक्त गरे । उनले मंगलबार विजयनगरमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । अध्यक्ष थापाले सुदुर पश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको पहिचानको साथै ऐतिहासिक स्थलको प्रचारप्रसार हुने र आन्तरिक पर्यटनमा बृद्धि हुने बताए ।

उनले यस महोत्सवले आन्तरिक पर्यटन तथा उद्योगको प्रवद्र्धनमा विजयनगर महोत्सवले अहम भूमिका खेल्ने जिकिर गरे । विजयनगरका धार्मिक, पर्यटन, साँस्कृतिक र कृषि पर्यटनको सम्भावनाको खोजी गराउन महोत्सवले सघाउ पुग्ने अध्यक्ष थापाले विश्वास व्यक्त गरे । महोत्सव मूल समारोह समितिका संयोजक राम प्रघट कोरीले महोत्सवको तयारी तीव्र रुपमा बढेको बताउँदै मेलाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । महोत्सवमा हुने एक सय भन्दा बढी व्यापारिक स्टल, बाल उद्यान, सेल्फी जोन लगायतको सम्पूर्ण कामहरु भइरहेको उनले बताए । महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार र कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्राउन सहयोग पुग्ने संयोजक कोरीले बताए ।

यस्तै वडा अध्यक्ष तिलकराम कंडेल विजयनगरका कृषि उत्पादन र ऐतिहासिक स्थल संरक्षणमा महत्वपूर्ण भुमिका हुने बताए । उनले यस महोत्सवलाई सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । व्यापार संघ विजयनगरका अध्यक्ष गोकर्ण प्रसाद सापकोटाले विजयनगर गाउँपालिकाको पहिचानसहित औद्योगिक व्यापार प्रवद्र्धनमा यस महोत्सवले मदत पुग्ने बताए । उनले व्यापारहरुको आर्थिक बृद्धिको साथै विभिन्न व्यापार, व्यवसायतर्फ प्रोत्साहन गर्ने बताए ।

जेठ ४ देखि १४ गतेसम्म सञ्चालन हुने विजयनगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । “समुन्नत विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उद्योग र संस्कृति हाम्रो पहिचान” भन्ने मुल नाराका साथ विजयनगर गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम विजयनगर महोत्सव–२०८०’ आयोजना गरिएको छ । विजयनगर समाज कपिलवस्तुको आयोजना, विजयनगर गाउँपालिका र व्यापार संघ विजयनगरको सह–आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो । गाउँपालिकाको वडा नम्बर ४ शंकरपुर खेल मैदानमा विजयनगर महोत्सव हुने भएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा भोजपुरी कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

पछिल्लो समय कोरोनाका कारण थलिएको यहाँको पर्यटन र व्यापार व्यवसाय चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । महोत्सवमा प्रथम विजयनगर डान्स आइडल २०८०, खुल्ला भलिबल प्रतियोगीता समेत हुने आयोजकले जनाएको छ । ३० हजारभन्दा बढी दर्शक सहभागी गराएर ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१