ताजा समाचार

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

  • वैशाख २९, २०८०
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह, लहान किशोरी शिक्षा परियोजना अन्र्तगत सिरहाको भगवानपुर गाउँपालिकास्थित बालासुन्दरी माध्यमिक विद्यालयका ७४ जना किशोरिहरुलाई ‘केयर नेपाल’ को आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लवको आयोजनामा विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । आज एक कार्यक्रमाकाबीच उडान सिकाई केन्द्रमा अध्ययनरत उक्त किशोरि छात्राहरुलाई कपी, कलम, पेन्सिल, औजार बक्स, सरसफाईका सामाग्रीहरु लगाएत अन्य शैक्षिक तथा खेलकुदको सामाग्रीहरु वितरण गरेको केयर नेपालको प्रोग्राम एसोसिएट इन्दिरा थापाले जानकारी दिनुभयो ।

साक्षरता घोषणा नहुनु पनि एउटा दुःखको विषय भएको प्रोग्राम एसोसिएट थापाले बताउनुभयो । त्यस्तै उहाँले यस प्रकारको सामाग्रीहरु वितरणले अभिभावकहरुलाई आफ्ना किशोरिहरुलाई पढाईप्रति आकर्षित गर्ने पनि बताउनुभयो । त्यसैगरि विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार झाले विद्यालयका किशोरी छात्राहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दा अध्ययनमा सकरात्मक उर्जा थपेको बताउनुभयो ।

त्यस्तै पालिकाका उप अध्यक्ष रेखा कुमारि यादवले शिक्षा क्षेत्रमा छात्राहरुलाई विद्यालय नपठाउँने प्रवित्ति भएकाले यसरि विभिन्न संस्थाहरुले शक्षिक सामाग्री प्रदान गर्दा शिक्षामा छात्राहरुको सहभागिता बढेर जान विश्वास गर्नुभयो । त्यसैगरि दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेस विसुङ्केका अनुसार उक्त क्लबले गरेका विभिन्न कार्यमध्य यो एक महत्वपुर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा अन्य विद्यालयमा पनि यस्ता प्रकारका सहयोगहरु निरन्तर गरिने छ । आफ्नो वडावासी किशोरी छात्राहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेकोमा केयर नेपाल र युवा क्लवलाई ३ नं. वडा अध्यक्ष विनोद यादवले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤