ईप्रका कृष्णनगर द्वारा १० केजी चरेस सहित दुई जना पक्राउ

  • वैशाख २६, २०८०
  • ५२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, बैशाख २६ ईप्रका कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेट बाट दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ०२ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका चरेस सहित पक्राउ गरेको छ।

जिल्ला धादिङ साबिक खनियाबास गा.बि.स. वडा नं. ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र जिल्ला धादिङ साबिक सत्यवती गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५९ की सेती तामाङलाई देखि निजहरुलाई रोकी सोधपुछ गर्दा शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (चरेश) जस्तो देखिने र गन्ध आउने छाम्दा हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ फेला पारी जसलाई डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट जम्मा १० के.जि. फेला परेको तथा पक्राउ परेका व्यक्ति बाट थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१