Siraha Times
ताजा समाचार

ईप्रका कृष्णनगर द्वारा १० केजी चरेस सहित दुई जना पक्राउ

  • वैशाख २६, २०८०
  • ६४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, बैशाख २६ ईप्रका कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेट बाट दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ०२ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका चरेस सहित पक्राउ गरेको छ।

जिल्ला धादिङ साबिक खनियाबास गा.बि.स. वडा नं. ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र जिल्ला धादिङ साबिक सत्यवती गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५९ की सेती तामाङलाई देखि निजहरुलाई रोकी सोधपुछ गर्दा शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (चरेश) जस्तो देखिने र गन्ध आउने छाम्दा हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ फेला पारी जसलाई डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट जम्मा १० के.जि. फेला परेको तथा पक्राउ परेका व्यक्ति बाट थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

लहानको मुटु वडा नम्ब ...

लहान साउन ३० । लहान नगरपालिकाको वडा नम्बर ७ लाई शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, धार्मिक तथा सांस्कृ ...

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१