Siraha Times
ताजा समाचार

भारतबाट अबैध रुपमा गहुँ भित्रीँदा पश्चिम नवलपरासीका किसान मारमा

  • वैशाख २१, २०८०
  • ११७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी/बैशाख २१ । पश्चिम नवलपरासीका सिमा नाकाबाट गहुँ भित्रिँदा नेपाली किसानले उत्पादन गरेको गहुँले उचित मूल्य पाएका छैन् । जसको कारण निम्न वर्गका मानिस बढी मारमा परेका छन् । पश्चिम नवलपरासी प्रहरीले पछिल्लो समयमा भारतबाट अबैधरुपमा भन्सार छली नेपाल ल्याएको विभिन्न सामान दैनिकरुपमा बरामद गर्दा पनि तस्करी भने उत्तिकै भइरहेको तस्वीरहरु देख्न सकिन्छ । नवलपरासी तस्करीमा संलग्न समूहका लागि सहज बनेको छ । जिल्लाका सीमावर्ती क्षेत्रबाट अवैधरुपमा ओसारपसार थामिएको छैन । आसपासका जिल्लामा कडाई भए पनि पश्चिम नवलपरासीका सिमाक्षेत्रबाट तस्करी मौलाइरहेको छ ।

जिल्लाका सीमा क्षेत्र बसहिया, भुजहवा, हर्कपुर,गेरमि, गोपलपुर ,गणेशपुर, सीमा नाका हरुबाट मटर,गहुँ, मोटरपार्ट्स,विद्युतीय सामग्री, कपडा,राँगा,बोका भन्सार छलेर नेपाल भित्रिने गरेको पाइएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार नाकासित जोडिएका ग्रामीण सडक हुँदै तस्करी हुने गरेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीकै अगाडि सामान ओसारपसार हुने गरेको छ । खुलेयाम तस्करीप्रति सरोकारवाला मौन बसेको स्थानीयले बताएका छन् ।

जिल्लामा पछिल्लो समय संगठित रुपमा नै अवैध रुपमा चोरी पैठारी भएको जनगुनासो बढेको छ । सीमानाकामा हुने चोरी पैठारी रोक्न नसकेको र राजस्व संकलनमा कमी आएको छ । सामान ओसारपसार र भन्सार छलीमा पोके व्यापारी (घर र पसलसम्म भन्सार छलीका सामान पुर्याउने)ले भारतबाट थोरैथोरै मात्रामा सामान नेपाल ल्याउने र भण्डारण गरेर जिल्लाका मुख्य बजारदेखि बर्दघाट,नारायणघाट सम्म पुर्याउने गरेको खुलेको छ । ‘खुलेयाम तस्करी भइरहेको छ । मुख्यनाकामा मात्र सुरक्षाकर्मी बस्ने अनि भित्री सडकबाट सामान ओसारपसार गरेको देखेको नदेख्ने गर्ने परिपाटी बढ्यो,’ भुजहवाका एक स्थानीयले भने,‘भन्सार छली गरेर धेरै मुनाफा कमाउने नाममा सानादेखि ठूला व्यवसायीले पनि भन्सार छलीका सामान लिने गरेका छन् ।’

लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक सामान र बैसी, खसी ,बोका,राँगा पनि तस्करी हुने गरेको छ । यसबाहेक खुला सिमानाका कारण भारतबाट पिकअप मा गहुँ र मटर लोड गरे भित्रिने गर्छ । त्यस्तै नेपाल तरफ बाट कवाड र जडिबुटीहरु जाने गरेको छ । तरकारी भित्रिँदा नेपाली किसानले उत्पादन गरेको गहुँ, तरकारीले उचित मूल्य पाएका छैनन् । जसको कारण निम्न वर्गका मानिस बढी मारमा छन् । विभिन्न नाकाबाट मोटरसाइकल र साना सवारीमा रातारात गहुँ नेपाल भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१