सिराहा , ९ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टंगाल काठमाडौंले बिहीबार सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका हालको लेखापाल नरेश कामैत सहित २३ जना उपर विभिन्न सरकारी कामकाजमा पछिल्लो समय भ्रष्टाचार गरेकोमा आरोपपत्र दायर गरेकोे छ । लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन पालिका अध्यक्ष रामवल्लभ साह, उपाध्यक्ष आशा देवी यादव , लेखापाल नरेश कामैत पुलको काम बापत सरकारी रकम भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
त्यसैगरी, सिराहाको नरहा बस्ने प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव अधिकाँश पालिकामा कामकाजको लागि गएपछि आर्थिक लफडा र भ्रष्टाचार गरेको खुलेको छ । तर, कार्वाही गर्ने निकाय अहिलेसम्म मौन देखिन्छ । यो सँगै लक्ष्मीपुर पतारीका लेखापाल नरेश कामैत घुसपैठ र भ्रष्टाचारको सीमा नाघिएको देखिन्छ । बिना कमिसन कुनै कामकाज नगर्ने गरेपछि सेवाग्राहीहरु चिया चर्चामा बताउँछन् । लेखापाल कामैत भ्रष्टाचार गरेर ठुलठुल्ला शहरमा घरघडेरी किनेर दिनदुगुनना रातचौगुन्ना गरेको अवस्था छ । सरकारी कर्मचारी भ्रष्टाचारी जो सुकैलाई राज्यले सख्त कार्वाही गर्नुपर्छ। भ्रष्टाचार रोक्न भ्रष्टाचारीलाई निलम्बन गरि उमरकैदको सजाय आवश्यक छ।

यो सँगै तत्कालीन पालिका अध्यक्ष साह सहित लेखापाल नरेश कामैत गरि २३ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेकोमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। सिराहाकाे लक्ष्मीपुर पतारी गाउँपालिकामा खुल्लामखुल्ला हुँदै आएकाे अनियमितता र बेथिती विरूद्व कारवाही अघि बढाउने बिषयमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका प्रेमकुमार राई सक्रिय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved