Siraha Times
ताजा समाचार

रा.रा.त.ज.ब क्यामप्स प्रमुख साहको मन्पर्दी ,बिदामा बस्दा पनि स–प्रमुख लाई मौखिक जिम्मेवारि मात्र

  • चैत २७, २०७९
  • १२१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,२७ चैत_कुनैपनि संस्थाको प्रशासनक नियमित र समायमा उपस्थित हुनुपर्ने हो तर, सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामङ जन्ता बहुमुखी क्याम्पस प्रमुख किशोर साहको कार्यालय आउने र वाहिरिने टुङ्गो नै हुँदैन। विहान ६ः३० बजेबाट सञ्चालन हुने क्याम्पसमा क्याम्पस प्रमुख प्रायः आठ बजेपछि आईपुग्छन्। १० नवज्दै क्याम्पसबाट निस्किसकेको हुन्छ। कुनै विद्यार्थी प्रशासनको काम विशेषले १० बजे पछि आए क्याम्पस प्रमुखसँग विरलै भेट हुन्छ। सोही क्यम्पसमा पढ्ने एक विद्यार्थीले क्याम्पस प्रमुख कतिखेर आउनु हुन्छ र कतिखेर निस्कनु हुन्छ त्यसको टुङ्गो नै हुँदैन। प्रायः ८ः३० वजेपछि आउनुहुने क्याप्सन प्रमुख साह १० नवज्दै निस्कने विद्यार्थीहरुको भनाई छ। क्याम्पस प्रमुखसँग कुनै काम परे भेट्नै मुस्किल हुने विद्यार्थीहरुको गुनासो छ।

क्याम्पस प्रमुख साह धनगढीमाई नपा ११ विष्णुपुरकट्टीस्थित सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी मा.वि. शिक्षक हुन्। त्यसैले पनि उनी क्याम्पस विदा नहुदै आफू पहिले निस्केने गरेका हुन्। क्याम्पसको पूर्णकालिन शिक्षकको रुपमा तलव थापेपनि उनी नियमित क्यम्पसमा उपस्थित नहुँदा विद्यार्थी मारमा पर्ने गरेका छन्। यतिमात्र हैन क्याम्पस प्रमुख कामविशेषले बाहिरजानु परे कहिल्यै औपचारीक रुपमा कसैलाई निमित्त दिएर नदिने रहस्य खुलेको छ। क्याम्पसन प्रमुले आफू काम विशेषले बाहिर जाँदा मौखिकरुपमा जिम्मा दिएर जाने गरेको छ।

पछिल्लो चारदिन देखि पब्लिक क्याम्पस सङ्घको १२ औं राष्ट्रिय महाधिवेशनमा सहभागीहुन काठमाडौं गएका छन्। क्याम्पसमा उनी उपस्थित नहुँदा सहायक प्रमुखको जिम्मा लिखित रुपम कसैलाई दिइएको छैन। उनी क्याम्पस प्रमुख भएपछि कतै काम विशेषले जाँदा लिखित रुपमा सहायको जिम्मेवारी दिएकै छैन। अहिले सहायक क्याम्पस प्रमुख जिम्मेवारी ईश्वर स्याङ्वाले सम्हालि रहेनका छन्। तर, उनले लिखित रुपमा आफूले जिम्मेवारी नपाएको बताए। उनले भने, ‘क्याम्पस प्रमुख काम विशेषले वाहिर जानुभएको छ, मैले मौखिक जिम्मेवारी लिएको छु, आजसम्म उहाँले लिखित रुपमा कसैलाई जिम्मेवारी दिएको मलाई जानकारी छैन।’

‘पहिला पनि मौखिक नै जिम्मेवारी हुन्थ्यो अहिले पनि यस्तै चलिरहेको छ; स्याङ्वाले भने, ‘संस्थागत रुपमा भन्नु पर्दा लिखित दिएर जानुपर्ने हो तर, यस्तै चलिरहेको छ। लिखित दिने गरेको छैन।’ क्याम्पस प्रमुख साहले भने आफ्नो कारण विद्यार्थीलाई कुनै समस्या नभएको बताउँछन्। क्याम्पस प्रमुखले प्रशासनिक कामले बाहिर निस्किरहनु परेपनि सकेसम्म नियमित क्याम्पस उपस्थित हुनेगरेको छु।’

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१