Siraha Times
ताजा समाचार

शहिदनगरमा उचित तलबभत्ता नदिएको भन्दै शिक्षकहरु नगरपालिका अगाडि दिए धर्ना

  • चैत २७, २०७९
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएका छन् । केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी शुक्रबार धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराएको हो । शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई समेत ध्यानाकर्षण गराएको हो । सो क्रममा मेयर दिनेश यादवले उनीहरुको तलबभत्ताको लागि पहल जारी रहेको र केही दिनमै निष्कर्ष निकालेर निकास दिने प्रतिवद्धता जनाए । मेयर यादवले शिक्षकहरुलाई विद्यालयबाट समस्या भएको बताउँदै सोको निराकरणको लागि प्रयासरत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

लहानको मुटु वडा नम्ब ...

लहान साउन ३० । लहान नगरपालिकाको वडा नम्बर ७ लाई शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, धार्मिक तथा सांस्कृ ...

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१