ताजा समाचार

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

  • चैत २५, २०७९
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा जुम्लाले अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरेको हो। दलित मुक्ति मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीले विद्यमान जातीय विभेदलाई तोडेर विवाह गर्ने जोडिलाई सम्मान गरिएको बताए। विद्यमान अवस्थामा उनीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको उनको भनाइ थियो। सम्मानित अन्तरजातीय जोडिले यस महत्त्वपूर्ण कार्यका लागि धन्यवाद दिए। जुम्ला गुठिचौर गाउँपालिका निवासी उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला मिलेको सुनाए। कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ। कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै कार्यक्रमका लागि जुम्ला नेकपा माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤