ताजा समाचार

गाँजा सहित मानिस प्रहरी नियन्त्रणमा

  • चैत २५, २०७९
  • ८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र २५ । प्रतिबन्धित लागु औषध गाँजा १२० के.जी सहित १ जना मानिस पक्राउ परेका छन । मिति २०७९।१२।२४ गते अं. १५;३० बजेको समयमा विशेष सुचनाको अधारमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जि.प्र.का. धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले जिल्ला धनुषा लक्ष्मीनिया गा.पा. वडा नं. ०७ ढल्केवर जनकपुर सडक खण्डको लक्ष्मीनिया बजार स्थित ढल्केवरबाट जनकपुर तर्फ आईरहेको ना. ७ ख. ४२५१ नं. को ट्रक माथी शंका लागि चेक जाँच गर्दा उक्त ट्रक भित्र फल्स वटम बनाई पलाष्टिकले वेरिए लुकाई छिपाई राखेको अवस्थामा १२ वटा पोकामा जम्मा १२४ के.जी. लागु औषध गाँजा फेला परेको हो । बरामद गाँजा र ट्र्कका चालक जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ०९ वस्ने वर्ष ५१ को सन्त विर दोङलाई ट्रक सहित नियनत्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤