Siraha Times
ताजा समाचार

सिद्धार्थ बाल विकासमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण

  • चैत २४, २०७९
  • ९५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आर.ए. अन्जान कपिलवस्तु, २४ चैत । सिद्धार्थ बाल विकास केन्द्रले दाेस्राे वार्षिकोत्सब, नतिजा प्रकाशन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-५, चन्द्राैटा अवस्थित केन्द्रले शुक्रबार एक कार्यक्रमका बीच नतिजा प्रकाशन गरेकाे केन्द्रले जनाएको छ । केन्द्रमा अध्ययनरत बालबालिकाले सत प्रतिशत उत्कृष्ट अंक प्राप्त गर्न सफल भएकाे केन्द्रका अध्यक्ष सुरेन्द्र प्रसाद चाैधरीले जनाए । उनका अनुसार हाल केन्द्रमा ५२ जना बालबालिका अध्ययनरत छन् । केन्द्रले मन्टेश्वरी सिकाईकाे माध्यमबाट बालबालिकालाई अध्ययन गराउँदै आएकाे छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रराज बेल्बासेले बाल विकास केन्द्रकाे उचित व्यवस्थापनकाे साथै बालमैत्रीपूर्ण वातावरणमा बाल शिक्षण सिकाई गर्दै लैजानुपर्ने बताए । शैक्षिक सामग्रीकाे माध्यमबाट बालबालिकाहरुकाे सिकाई क्रियाकलापमा जाेड दिन आवश्यक रहेकाे उनले जनाए । उनले भने : “शैक्षिक सामग्री बालबालिकाहरुकाे अध्ययनका लागि अति उपयुक्त हुन्छ । यसले विद्यार्थीकाे मानसिक तनावलाई कम गर्छ र तनावरहित वातावरणमा अध्ययनले स्वतन्त्रताकाे महसुस हुन्छ” ।

यसैबीच समाजसेवी तथा शिक्षाप्रेमी रहिश शाहले बालबालिकाकाे शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा कुनै पनि खालकाे अवरोधसमेत नहुने बताए । बालबालिका बृद्धि र विकासमा असर नपर्ने जनाउँदै बच्चाले पढ्दै, सिक्दै जाओस्, पढाइकै कारण केन्द्रमा अध्ययन मात्र गर्न आएकाे उनकाे भनाइ छ । यस्तै किडार्क नेपालका सामाजिक विकास अधिकृत बिनाेद केवटले आगामी शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै व्यवस्थित बनाउँदै लैजाने बताए । स्थापना कालदेखि नै उचित व्यवस्थाकाे साथै बालमैत्री वातावरणमा बालबालिकालाई अध्ययन गराउँदै आएकाे उनले जनाए ।

केन्द्रकी प्रधानाध्यापक दीपा चाैधरीले बालबालिकाहरुले आफै सरसफाइ गर्न नसक्ने भएकाले अभिभावकले समेत ध्यान पुर्याउन आग्रह गरिन् । अभिभावकले परिवारमा दिने माया, ममता जस्तै शैक्षिक केन्द्रमा बच्चालाई अध्यपन गराउने गरेकाे उनले जिकिर गरिन् । यस्तै स्थानीय समाजसेवी प्रकाश थारु, अभिभावककाे तर्फबाट लता केसीले लगायतले कार्यक्रमलाई सम्बाेधन गर्दै खेलकुद लगायत बालबालिकालाई अतिरिक्त क्रियाकलाप गराउन जाेड दिनुपर्ने मन्तव्य राखेकी थिइन ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१