सिराहाको रमेश महतो माविसहित अधिकाँश परिक्षाकेन्द्रमा अमर्यादित एसईई तलदेखि माथिसम्मको मिलेमतो

  • चैत २२, २०७९
  • ८७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २२ चैत । सिराहाको नवराजपुर-३ स्थित रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय फुलबरिया जगतपुरको एस.ई.ई. परिक्षा केन्द्रमा पुरै अमर्यादित बन्दै गएको पाइएको छ । रमेश महतो माध्यमिक विद्यालयका केन्द्राअध्यक्ष शिवनारायण यादवले व्यापक सेटिङ्गमा चिटिङ्ग गराइएको देखिन्छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) को आज चौथो दिन विज्ञान विषयको परिक्षा भई रहदा संचारकर्मी पुगेपछि जनता मावि फुलबरिया जगतपुरका केन्द्राअध्यक्ष यादवले विभिन्न बाहाना लगाई प्रहरीमार्फत बाहिर बस्न लगाए त्यसपछि घण्टौं बितिसक्दा केन्द्राध्यक्ष आउनुभएन्। प्रहरीले समेत विद्यालय परिसरमा छिर्न दिएनन् ।

Open photo

सो रमेश महतो स्मृति माविसँगै हुलाकी राजमार्गसँग जोडिएका ( एस. ई. ई.) परीक्षा केन्द्रहरुमा यतिबेला अनुगमन सुस्त देखिन्छ । सुरक्षा निकायदेखि जिल्लाका एसईईसँग सरोकार राख्ने सबैको मिलेमतो रहेको देखिएको छ। जसले गर्दा सिरहाको शिक्षाको स्तर दिनानुदिन खस्किदै गएको अवस्था छ ।

Open photoयो सँगै लहानको जनता माध्यमिक विद्यालय सोनामती गाढामा पछिल्लो दिन अनिवार्य नेपाली , अनिवार्य गणित विषयका दिन परिक्षा अमर्यादित भएको भन्दै आज विज्ञान विषयका दिन समान्य देखिएको थियोे । यतिबेला जनता नन्द ललिता माध्यमिक विद्यालय लक्ष्मीपुर - पतारीका केन्द्राअध्यक्ष विनोद सिँह, जनता डोमी चौधरी माध्यमिक विद्यालय पर्सा पोखर्भिण्डाका प्रधानध्यापक तथा केन्द्राअध्यक्ष पशुपति साह, जनता माध्यमिक विद्यालय बरियारपट्टी कजरा सहित अधिकाँश परीक्षा केन्द्रका केन्द्राअध्यक्षहरुले विद्यालयहरुसित मोटो रकम लिई पुरै खुल्मखुल्ला एसईईमा चोरी ( चिटिङ्ग ) गराउने गरेको अवस्था छ ।

Open photo

तर, शिक्षासँग सरोकार राख्ने अधिकारी , सुरक्षा निकायकर्मी मौन र सुस्त रहेको अवस्था छ । तलदेखि माथिसम्मको मिलेमतो रहेको पाइएको छ। जसले गर्दा भावीको दिनमा शिक्षाको स्तरमा चुनौती दिएको अवस्था छ । नवरापुरको श्री रमेश महतो स्मृति माध्यमिक विद्यालयमा संचारकर्मी भित्रछिर्न नदिएपछि भित्र कोलाहल ( हल्ला ) भएको विद्यालयको द्वार गेटसम्म आवाज आइरहेको थियो । जसले गर्दा स्थानीय अभिभावकहरुले केन्द्राअधयक्ष परिवर्तनको आवाज उठाइएको थियो ।

यो सँगै जनता माध्यमिक विद्यालय पर्सा पोखर्भिण्डाका प्रधानध्यापक केन्द्राअध्यक्ष पशुपति साहले यसैवर्ष मात्रै नभएर प्रत्येकवर्ष सेटिङ्ग र चिटिङ्गमा लाखौं लाख असुली गरि लहानमा इमारत खडा गरेका स्थानीयहरुले टिप्पणी गरेका छन् । यता, सशस्त्र प्रहरी बल नेपाल लहानका डिएसपी प्रमोद पाठकका अनुसार - परिक्षा मर्यादित हुनुपर्छ , हामीले अनुगमन गरिरहँदा परिक्षार्थीलाई असर नपुर्याई अनुगमन गरियौं। सिरहाका सबैजसो एसईई सेन्टरहरुमा सामान्य वातावरणमा चेँक जाँच हुने गरेको लहानका डिएसपी प्रमोद पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

मिर्चैयामा ‘एकरूपता’ ...

शम्भु प्रभाकर सिरहा चैत १९ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा विगत केही वर्षयता पाठ्यपुस्तक छनोट ...

सिरहामा राष्ट्रिय आर ...

रहमुल, लहान १९ चैत्र । “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित राष्ट्रिय ...

स्थानीय तहदेखि केन्द ...

लहान १९ चैत्र । नेपालमा संघीयता कार्यान्वयनसँगै “घर–घरमा सिंहदरबार” पुगेको दाबी गर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१