ताजा समाचार

कल सेन्टरबाट कम्प्युटर सहित मानिस नियन्त्रणमा

  • चैत २१, २०७९
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र २१ । मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरमा गैरकानुनी रूपमा सञ्चालित कल सेन्टरबाट कंप्यूटर सहित दर्जन बढी मानिस नियन्त्रणमा लिएको छ । जनकपुर उ.म.न.पा.१४ पिडारी चोक नजिक रहेको बिर बहादुर राउतको घरको दोस्रो तल्लामा गैरकानुनी रुपमा सञ्चालित कल सेन्टरबाट अवैध सामाग्री सहित मानिस प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सुचनाकाआधारमा ज प्र.ना.उ. सहितको टोली खटीई गई उक्त घरको दोस्रो तल्लाको कोठाहरूमा कानूनी रित पुर्याई खानतलासी गर्दा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी ३० वटा कम्प्युटरमा ईन्टरनेट जडान गरी काम गरि रहेको र ६० वटा तयारी अबस्थामा राखेको कम्प्युटर समेत फेला पारी जम्मा ९० थान कम्प्युटर, २ थान मोटरसाईकल समेत बरामद गरी उक्त कार्यमा संलग्न रहेका ९ जना महिला र १४ जना पुरुष गरी जम्मा २३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको र उक्त कल सेन्टरका मुख्य संचालकको खोजी तथा आवश्यक थप अनुसन्धान समेत भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤