Siraha Times
ताजा समाचार

राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न

  • चैत १७, २०७९
  • १०५८ पटक पढिएको
  • खुरसेद हजाम
alt

सुरेश यादव,नवलपरासी/चैत १७ । परासी सुचना तथा संचार सहकारी संस्था लि.द्वारा संचालित सामुदायिक रेडियाे परासी ९०.२ मेगाहर्जकाे आयाेजना तथा रामग्राम ,सुनवल,बर्दघाट नगरपालिका, पाल्हिनन्दन,सरावल,प्रतापपुर र सुस्ता गाउँपालिकाकाे सहकार्यमा ६६ ओैं राष्ट्रिय सहकारी दिवस २०७९ अवसरमा सहकारीकाे अवस्था विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

सामुदायिक रेडियाे परासीका अध्यक्ष सुमन गाेपाल आचार्यकाे अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रमुख अतिथी पाैडेलले जिल्ला सहकारी संघमा आवद्ध रहेका सहकारी संस्थाहरुले गर्नु पर्ने कार्य र विनियम अनुसार लाग्नु पर्ने जाेड दिदैं सहकारी संघमा सदस्यता नलिएका सहकारी संस्थालाई आउने दिनमा सदस्यता लिनु पर्ने साथै सुनवलमा निर्माणधिन सितभण्डार अब छिटै संचालनमा आउने उहाँले बताउनुभयाे ।

कार्यक्रममा बचत तथा ऋण संघ नवलपरासीका अध्यक्ष राजन आचार्य , नेप्सकुन विभागका सदस्य लेखनाथ खरेल, जिल्ला सहकारी संघ सदस्य पुरन प्रसाद चाैधरी,रामग्राम नगरपालिकाका आर्थिक प्रशासन शाखा अधिकृत तथा सहकारी फाेकल पर्सन राम सुवास गुप्ता,सुनवल नगरपालिकाका सहकारी फाेकल पर्सन खेमराज ढकाल,बर्दघाट नगरपालिकाका सहकारी फाेकल पर्सन कृष्णप्रसाद मरासिनी लगायतले बाेल्नु भएकाे थियाे भने कार्यक्रम सहजीकरण रेडियाे परासीका प्रबन्ध निर्देशक मेघराज गाैतमले गर्नुभएकाे थियाे र कार्यक्रमलाई रेडियाे परासीले प्रत्येक्ष प्रसारण पनि गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१