ताजा समाचार

प्रतापपुर गाउँपालिकाको बेतहानीमा प्रहरी र स्थानीयबीच झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार

  • चैत १६, २०७९
  • ८७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी /चैत १६ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५ बेतहानीमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । प्रहरीले एक जना युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन जाँदा स्थानीयवासीहरुले अवरोध गरेपछि झडप भएको हो । प्रहरीले झडप नियन्त्रणका लागि दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले बताउनु भएको छ । उहाँका अनुसार युवकसँग भेटिएको १० लाख रुपैयाँ नगदको श्रोत खुलाउन माग गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लैजान खोज्दा स्थानीयले अवरोध गरेका हुन् । आफ्नै पैसा बैंकमा जम्मा गर्न हिँडेका युवकलाई प्रहरीले बाटोमा रोकेर नियन्त्रणमा लिन खोजेको स्थानीयवासीको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤