ताजा समाचार

शस्त्र प्रहरीले गरे डढेलो नियन्त्रण

  • चैत १६, २०७९
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र १६ । सिरहाको धनगढीमाई १२ ठटीया स्थित पूर्व सर्रे खोला किनार लहान २४ मा रहेको सिसौ वनमा लागेको डढेलो बारुन यन्त्रको सहायताले शस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको छ । करिब तीन दिन अगाडि उक्त ठाउँमा लागेको डढेलो नियन्त्रणका लागि पुगेको २ ओटा बारुन यन्त्रले आगो निभाए पनि थप आगो बारुन यन्त्रमा पानी अभाबको कारण सल्किएपछि आज बिहानको पूर्वा हावाको बेगसँगै वनमा रहेको मोटो काठको आगोले वनमा आगो सल्किएको अवस्थामा स्थानियले निकायलाई खवर गरेपछि सशस्त्र प्रहरीको बलको टोली घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिएको हो । आगो कसले लगाएको हो भन्ने नखुले पनि उक्त ठाउँमा लागू औषद लुकेर प्रयोग गर्ने जमातका कारणले आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । स्मरण रहोस् यस ठाउँहरूमा लुकेर मादक पदार्थ र लागू पदार्थ खानेहरुको घुइँचो प्राय देखा परिरहेको अवस्था रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤