ताजा समाचार

आदिबासी थारु समुदायको ९ औं जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न

  • चैत ११, २०७९
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल चैत्र ११ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर २ मा रहेको श्री जनता डोमी चौधरी (प्राविधिक) माध्यामिक विद्यालय पोखरभिन्डामा आयोजीत थारु कल्याणकारीनी शभाको ९ औ जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । सिराहा जिल्लाको बिभिन्न टोल वस्तिहरुबाट जातिय पहिरनमा आएका थारु समुदायको आम मानिसको बाक्लो उपस्थितिका बीच सजिएको सभा जिल्लाकै एतिहासिक भएको रामचन्द्र चौधरी ज्यूले बताउँनु भएको छ । कार्यक्रममा थारु समुदायका उच्च पदस्त व्यक्तिहरूको सहभागितामा आयोजीत कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका थारु समुदायका व्यक्तिहरूलाई स्वागत गरिएको थियो भने कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी लगायत अथिति गणको उपस्थितिमा भव्यताका साथ आयोजीत कार्यक्रममा थारु परिरणले कला संस्कृतिको वास्तविक जगेर्नाको झल्को दिएको थियो ।

करिब तीन हजारको हाराहारीमा उपस्थित कार्यक्रमले विद्यालय परिसर भरिभराउ रहेको थियो भने कार्यक्रममा प्रस्तुत गरिएका भाषिक गीत संगीत अनि नृत्यले सभामा खुशीयाली छाएको थियो । सिरहामा यतिको आम थारु समुदायको उपस्थितिमा भएको ९ अधिवेशन जिल्लाकै एतिहासिक भएको आम मानिसको बुझाई रहेको छ । कार्यक्रम स्थलमा आवस्यक सबै व्यवस्थापकीय पक्ष अति सुन्दर रहेको थियो भने कार्यक्रममा बन्द सत्र पक्ष्चात जिल्ला कार्यकारिणी समितिको छनौट हुने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤